काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर सन्दुक रुइतसँग भेट गरेका छन् । बिहीबार रुइतसँग भेट गर्दै ओलीले आँखासहित समग्र स्वास्थ्य क्षेत्रलाई लिएर छलफल भएको जानकारी दिएका छन् । ओलीले आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको रुइतको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भएको पनि उल्लेख गरेका छन् ।

भेटपछि सामाजिक सञ्जालमा एक तस्विर साझा गर्दै ओलीले लेखेका छन्, ‘डा. सन्दुकसँग आज ! बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।’