काठमाडौं–हिजो भएको सौर्य विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । तर पाइलटलाई सकुशल उद्दार गरिएको छ । दुर्घटना हुँदा, विमानको बाँकी भागमा आगो लाग्नु केही सेकेन्ड अघि ककपिट अलग भयो ।

ककपिट अलग भएपछि पाइलटलाई जीवितै उद्धार गर्न सफल भएको उद्धारकर्ताहरुको भनाई छ । हिजोको मात्रै नभएर नेपालमा मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।

OM Sai Pathibhara Hospital

अस्पतालमा उपचाररत उनी कुरा गर्न सक्छन् । उद्धारकर्ताहरूले विमानको ककपिट भाग नजिकै आगो पुग्दा घाइते पाइलटसम्म पुगेको बताए । एयर शिल्ड खुला भएकाले पाइलटलाई सास फेर्न गाह्रो भएन् । त्यसपछि उनलाई तुरुन्तै झ्याल तोडेर बाहिर निकालिएको हो ।

उद्धार गर्दा उनको पुरै अनुहार रगतले लतपतिएको थियो । अस्पताल लैजान लाग्दा उनी होसमा नै थिए । दुर्घटनाको पाँच मिनेटमै पाइलटको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारको समयमा पाइलट निकै डराएका थिए ।