काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।


OM Sai Pathibhara Hospital

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।