समाचार

    Showing 16,871-16,880 of 25,906 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको स्थान साथै कोशी र गण्डकी प्रदेशको एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेक

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 307 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मुल्य २ रुपैयाँ घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 434 पटक पढिएको
  • बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

    काठमाडौं— डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठुलो दुर्घटनाबाट जोगिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 506 पटक पढिएको
  • कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

    काठमाडौं— नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।सोमबारको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 254 पटक पढिएको
  • बाढीले बगाएर बेपत्ता मजदुरको शव फेला

    काठमाडौं । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी गराए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी भइरहेको छ । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन था

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 334 पटक पढिएको
  • सडक दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

    काठमाडौं–सडक दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको हो । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत तनहुँ भानु नगरपालिका–१२ का २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 369 पटक पढिएको
  • मानव बेचबिखनविरूद्ध निर्मम भएर अगाडि बढ्नुपर्छ : गृहमन्त्री लेखक

    काठमाडौं–गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले  मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उनको भनाई थियो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनको जोड छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 413 पटक पढिएको
  • विपद्मा प्रहरी मेरो साथि : तत्काल पुग्यो उद्धार टोली

    काठमाडौं–प्रहरी मेरो साथि नारा नारा मात्रै होइन् । विभिन्न समयमा आइपर्ने विपदजन्य घटना वा कुनै दुर्घटनाको समयमा सर्वसाधारणको उद्धार गर्न प्रहरी पुग्ने गर्छ । गएरातिदेखि भएको भारी वर्षापछि काठमाडौं उपत्यका जलमग्न भयो । त्यसपछि नेपाल प्रहरीको विपद् उद्धार टोली बिहान चार बजेदेखि नै आवश्यक उद्धार सामाग्रीहरु सहित खटिई बाढीमा फसेका व्यक्तिहरुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाउन सफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले ६० जना भन्दा धेरैको उद्धार गरेको छ । तस्विर : नेपाल प्रहरी

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 678 पटक पढिएको
  • काठमाडौंमा बाढी वितन्डा : पुलमुनि अड्किएको शव फेला

    काठमाडौं–काठमाडौं उपत्यकामा आएको बाढीमा रेर एकजनाको यान एको छ । बल्खु खोलाको बाढीमा परी मृत्यु भएका एकजनाको शव पुलमुनि अड्किएको अवस्थामा भेटिएको हो । मृतक बाँकेका ४५ वर्षीय रामस्वरुप महतो रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 347 पटक पढिएको
  • बाढीमा चुर्लुम्म काठमाडौं उपत्यका (फोटोफिचर)

    काठमाडौं–गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोलासहित स्थानीय नदीमा आएके बाढी वस्तिमा पनि पसेको छ । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने  नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 493 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.