काठमाडौं–सडक दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको हो ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत तनहुँ भानु नगरपालिका–१२ का २७ वर्षीय  सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते छन् ।

OM Sai Pathibhara Hospital

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।