काठमाडौं— डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।


OM Sai Pathibhara Hospital

सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठुलो दुर्घटनाबाट जोगिएको हो। 


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।