काठमाण्डौ  ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मुल्य २ रुपैयाँ घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ।

OM Sai Pathibhara Hospital

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ।

FB_IMG_1722442647679