समाचार

    Showing 16,721-16,730 of 25,891 items.
  • पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु

    अर्घाखाँची- अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो ।पक्की पिल्लरसहित २ तले गोठ माथिबाट पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले जानकारी दिए । पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका छन् ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 478 पटक पढिएको
  • भक्तपुरमा आठदिने गाईजात्रा सुरू

    काठमाडौं- भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ ।गाईजात्रा पर्वका अवसरमा भक्तपुरका नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाइजात्रा मनाइरहेका छन् । दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घरघरबाट गाईको प्रतिमा बनाएर निकाल्ने परम्परा रहेको छ । आज गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । जात्राको आकर्षणका रूपमा रह

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 497 पटक पढिएको
  • डुम्रे-बेँसीसहर सडक अवरुद्ध

    लमजुङ- लेदोसहितको पहिरो खसेपछि लमजुङको डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका- १ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ । गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् । अहिले पहिरो खसेको ठाउँमा यसअघि पनि पटकपटक पहिरो झरेर सडक अवरुद्ध हुदै आएको थियो । सडक अवरुद्ध भएपछि बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवन लगायतका स्थान

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 481 पटक पढिएको
  • प्रतिकुल मौसमले आन्तरिक उडान प्रभावित

    काठमाडौं- प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित बनेको छ । खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।  अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको उनको भनाई छ । पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आएपछि उडान सुचारु हुनेछ । अन्तर्राष्ट्रिय उडानहरु भने नियमित भइरहेका छन् ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 490 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 492 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेट, के-के भयो कुराकानी ?

    नयाँदिल्ली— भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो दुई समकक्षीबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो वि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 466 पटक पढिएको
  • आज विश्व फोटोग्राफी दिवस मनाइँदै

    काठमाडौँ- विश्व फोटोग्राफी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित ‘ह्विइन माउन्टेन स्माइल’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बन्धित तस्वीरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 536 पटक पढिएको
  • पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत दिने

    धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । यसैगरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 512 पटक पढिएको
  • बझाङ बुङ्गलको टुमेडामा पहिरोले पुरिएको घरका पाँच तस्बिर

    बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 615 पटक पढिएको
  • पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु

    काठमाडौं- जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा आइतबार राति स्थानीय लालबहादुर परियारको घर पहिरोले पुरिएको हो । घरमाथिबाट खसेको पहिरो अस्थायी टहरा पुरिँदा परियारका साथै उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षीय छोराको मृत्यु जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । भूकम्पले घर भत्किएपछि परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 644 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.