काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। यो निर्वाचनमा सहभागी भए रास्वपा पहिलोपटक स्थानीय निर्वाचन लड्नेछ। मिति तय नगरे पनि मंसिरमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ। केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचनलक्षित पार्टी गतिविधि तीव्र बनाउने निर्णय लिएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपनिर्वाचनमा भाग लिने बताउँदै त्यसैको तयारीका लागि गतिविधि तीव्र बनाउने निर्णय गरेको बताए । आयोगको तथ्यांकअनुसार स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज रात
काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत चितवनको १७ किलो भन्ने स्थानमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढका लागि छुटेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका-१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ढुंगा खस्दा माइक्रोमा सामान्य क्षति भएको छ ।दुई दिन यता चितवन आ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।बुधबार मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा बिग्रिएर थन्किएका उपकरण मर्मतमा सघाउन केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।अब केन्द्रले हाल मन्त्रालय अन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिन
काठमाडौं- काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा पहिरो खसेपछि यातायात अवरुद्ध बनेको छ । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सन्चालन हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको छ । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात खुलाउन सकेको छैन । पानी परेको रोकेपछि पहिरो हटाउने काम सुरु हुने प्रहरी उपरीक्षक अधिकारीले बताए । अहिले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ
काठमाडौं— कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ परेका छन् । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुस
काठमाडौं— सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रि
काठमाडौं— वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको सङ्ख्या आर्थिक वर्ष २०७९/८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ । यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन । सरकारले औपचारिक रूपमा खाडी र मलेसियामा विगत नौ वर्षदेखि घरेलु श्रमिकमा जाने महिलालाई प्र
भक्तपुर— भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण वज्राचार्यलाई बुझाएको छ ।वज्राचार्यले ट्रकचालकको गम्भीर लापर्बाहीले दुर्घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.