काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत चितवनको १७ किलो भन्ने स्थानमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढका लागि छुटेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका-१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ढुंगा खस्दा माइक्रोमा सामान्य क्षति भएको छ ।

दुई दिन यता चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले आवश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।