समाचार

    Showing 16,681-16,690 of 25,888 items.
  • सुनकोशीमा कार खस्यो

    सिन्धुली  । सिन्धुलीमा शनिबार आज गाडी दुर्घटना भएको छ । शनिबार बेलुका ०५:३० बजेको समयमा मध्य पहाडी लोकमार्गस्थित सिन्धुलीको गोलान्जोर गाउँपालिका १ कुुडुलेमा निजि गाडी आफैँ अनियन्त्रित भई सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।खोटाङको हलेसीबाट भक्तपुर जादैँ गरेको ४ जना सवार इसुजु कार सुनकोशीमा खसेको एसपी काफ्लेले बताएका छन । गाडिमा सवार मध्ये भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । गाडीमा सवार चारैजना भक्तपुरको सुर्यविनायक नगरपालिका जगातिका

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 543 पटक पढिएको
  • भारतमा पहिरोमा परी मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो

    कञ्चनपुर — भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीन नेपालीको शव नेपाल ल्याइएको छ । आज गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल घरतर्फ लगएिको हो । पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परियार, कृष्ण परियार र पुणर् नेपालीको शव एउटै गाडीमा राखेर नेपाल ल्याइएको छ ।शव बोकेको गाडी हिजै हिजै बद्रीनाथबाट हिडेको भएपनि बाटो खराब भएका कारण ढिला भएको मृतक तुलबहादुरका भान्जा गोपाल परियारले बताए । आज रातिसम्म घरमा पुगेपछि उनीहरुको भोलि अन्तिम संस्कार गरिनेछ । पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको बताइएको छ ।&nb

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 154 पटक पढिएको
  • तनहुँ बस दुर्घटनाः घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

    काठमाडौं– तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा हिजो भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन् । हिजो भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते भएका आफ्ना नागरिकलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्ने क्रममा भेट गरेका थिए । सो क्रममा गृहमन्त्री लेखकले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले तत्काल उद्धार

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 273 पटक पढिएको
  • तनहुँ दुर्घटनाः घाइतेलाई भेट्न र मृतकको शव लिन भारतीय राज्यमन्त्री काठमाडौंमा

    काठमाडौं- तनहुँको आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको शव लिन तथा घाइतेलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आएकी  छन् ।परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनी आजै मृतकहरूको शव लिएर जाने तयारी रहेको छ ।भारतको गोरखपुरबाट पर्यटक लिएर नेपाल घुम्न आएको बस हिजो बिहान पोखराबाट काठमाडौं आएँदै गर्दा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । घाइते १६ जनाको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुंदैछ ।दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौेंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 248 पटक पढिएको
  • सबै नेटवर्कबाट चल्ने भयो टिकटक

    काठमाण्डौ  ।   आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले बिहीबार टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।टिकटकका प्रतिनिधिले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ। सरकारको सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ मान्न टिकटक तयार भएको सरकार

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 551 पटक पढिएको
  • बस दुर्घटनाका घाइते भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगिन

    काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार तनहुँको आबुखैरेनी स्थित  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शवको अवस्था बुज्न भारत सरकारकि  मन्त्री काठमाडौं आइपुगेकी हुन। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै उनी दुर्घटनाका घाइतेलाई

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 644 पटक पढिएको
  • ४३ दिनमा चार ठुला दुर्घटना, ७४ जनाको मृत्यु

    काठमाडौं— तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा २७ जना ज्यान गुमाए । भारतीय ७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । बसमा चालक र सहचालक सहित ४३ जना सवार थिए ।सिमलतामा भएको दुर्घटनासँगै पछिल्लो ४३ दिनमा दुईवटा सडक र दुईवटा हवाई दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाएका छन् । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । साउन ९ मा काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । विमान दुर्घटना हु

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 573 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक द

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 359 पटक पढिएको
  • प्रहरीमा १६ वर्ष र १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने

    काठमाण्डौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवान देखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने व्यवस्था ल्याउन लागिएको बताएका छन्।जवानदेखि हवलदारसम्म १६ वर्ष, जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफूले चाहेमा अवकाश जानसक्नेगरी ऐन संशोधन हुन लागेको हो। कार्किले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेबारे पनि गृहकार्य भइरहेको बताए। प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटेपछि जवानदेखि सबै प्रहरीहरुले उमेर हदसम्म जागिर खान पाउने छन।द्वन्द्वकालमा धेरै प्रहरीहरुले जागिर छोडे भनेर २० वर्ष पुर्या

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 489 पटक पढिएको
  • तनहुँ दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो

    काठमाडौं- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । घाइते भएकामध्ये १२ जनालाई नेपाली सेनाको हलिकप्टर मार्फत काठमाडौ ल्याइएको छ । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ या

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.