कञ्चनपुर — भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीन नेपालीको शव नेपाल ल्याइएको छ । 

आज गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल घरतर्फ लगएिको हो । 

OM Sai Pathibhara Hospital

पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परियार, कृष्ण परियार र पुणर् नेपालीको शव एउटै गाडीमा राखेर नेपाल ल्याइएको छ ।

शव बोकेको गाडी हिजै हिजै बद्रीनाथबाट हिडेको भएपनि बाटो खराब भएका कारण ढिला भएको मृतक तुलबहादुरका भान्जा गोपाल परियारले बताए । 

आज रातिसम्म घरमा पुगेपछि उनीहरुको भोलि अन्तिम संस्कार गरिनेछ । 

पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको बताइएको छ । 

बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।

उनीहरु बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो ।