काठमाडौं- तनहुँको आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको शव लिन तथा घाइतेलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आएकी  छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनी आजै मृतकहरूको शव लिएर जाने तयारी रहेको छ ।

OM Sai Pathibhara Hospital

भारतको गोरखपुरबाट पर्यटक लिएर नेपाल घुम्न आएको बस हिजो बिहान पोखराबाट काठमाडौं आएँदै गर्दा दुर्घटनामा परेको थियो । 

उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । घाइते १६ जनाको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुंदैछ ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौेंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ  ।