काठमाण्डौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जवान देखि हवल्दारसम्म १६ वर्षमा र जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफ्नो इच्छाअनुसार अवकाश जानसक्ने व्यवस्था ल्याउन लागिएको बताएका छन्।

जवानदेखि हवलदारसम्म १६ वर्ष, जुनियर प्रहरी अधिकृतहरु १८ वर्षमा आफूले चाहेमा अवकाश जानसक्नेगरी ऐन संशोधन हुन लागेको हो। कार्किले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेबारे पनि गृहकार्य भइरहेको बताए। प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटेपछि जवानदेखि सबै प्रहरीहरुले उमेर हदसम्म जागिर खान पाउने छन।

OM Sai Pathibhara Hospital

द्वन्द्वकालमा धेरै प्रहरीहरुले जागिर छोडे भनेर २० वर्ष पुर्याइको हो। तर, तत्कालीन समयको आवश्यक्ताअनुसार पुर्याएको विषयलाई द्वन्द्वपछिको अहिलको अवस्थामा जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष, जवान तथा हवल्दारहरुलाई १६ वर्षमै उनीहरुलाई इच्छाअनुसार अवकाश दिँदा उनीहरुको अन्य वृत्तिविकासको मार्ग प्रशस्त गरौं भन्ने हिसाबले सिपाइँ, हबलदारहरुको लागि १६, जुनियर प्रहरी अधिकृतलाई १८ र माथिल्लो सबैलाई ३० वर्षको पावन्दीबाट हटाएर जाँदाखेरी ३४/३५ वर्षसम्म सबैले जागिर खानसक्ने अवस्था हुँदोरहेछ।

जागिर खान चाहेमा जवानदेखि सबै दर्जालाई, नचाहेको खण्डमा उनीहरु जान स्वतन्त्र हुनेछन्। यसको अर्थ १६ वर्षमा जाउ, १८ वर्षमा जाउ भनेको होईन कि उनीहरुले अरु सम्भावना देखेमा जान स्वतन्त्र हुनेछन्।