काठमाण्डौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार तनहुँको आबुखैरेनी स्थित  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शवको अवस्था बुज्न भारत सरकारकि  मन्त्री काठमाडौं आइपुगेकी हुन। 

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै उनी दुर्घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेकी छन् ।

OM Sai Pathibhara Hospital

घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । मन्त्री खड्सेसँगै भारतीय सांसद पनि आएको बताइएको छ ।मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।