समाचार

    Showing 16,651-16,660 of 25,884 items.
  • सिन्धुली जिप दुर्घटना : सुनकोशीमा हराएका तीन यात्रु अझै बेपत्ता

    काठमाडौं–सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सुनकोशी नदीमा दुई दिनअघि जिप खसेर बेपत्ता भएका तीन जना यात्रु अझै फेला परेका छैनन् । सशस्त्र प्रहरी बल, जनपद प्रहरी, र स्थानीयहरूको सहकार्यमा सोमबार पनि खोजी कार्य जारी राखिए पनि उनीहरूलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शनिबार बेलुका खोटाङको हलेसीबाट काठमाडौँ आउादै गरेको चार जना सवार प्र.नं. ३–०१–०२३ च ६३६६ नम्बरको  जिप अनियन्त्रित भई सुनकोशी नदीमा खसेको थियो । बेपत्ता भएका भक्तपुर सूर्यविनायकका ३२ वर्षीय चालक अविन बडे सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवाको खोजी कार्य भइरहेको प्रहरीले जानक

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 556 पटक पढिएको
  • चट्याङ लागेर शिक्षकको मृत्यु

    काठमाडौं–सल्यानको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय दलबहादुर कार्की रहेका छन्।कालीमाटी गाउँपालिका–१ का वडा अध्यक्ष रविलाल खत्रीका अनुसार कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक थिए । हिजो साँझ ५ बजे घर नजिकै गोठालो जाँदा उनलाई चट्याङ लागेको थियो ।चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 324 पटक पढिएको
  • ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण : राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टचार भेट

    काठमाडौं–ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आएका अल्बुसैदीको भ्रमणका दौरान दुवै देशका विदेशमन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजो अपराह्न दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका अल्बुसैदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ओमानका विदेशम

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 478 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सह

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 456 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्धारा पाटन कृष्ण मन्दिरको दर्शन

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर दर्शन गरेका छन् । सो अवसरमा पौडेलले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद समेत ग्रहण गरे । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि आज बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । हिन्दु धर्मावलम्बीले भाद्र कृष्णअष्टमीलाई भगवान कृष्णको जन्माष्टमी पर्वका रूपमा मनाउने गर्दछन् । द्धापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । किंवदन्ती अनुसार पाटनमा महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 297 पटक पढिएको
  • सहकारी पीडितहरुद्धारा बृहत सडक आन्दोलनको घोषणा, मन्त्री अधिकारीको राजिनामा माग

    काठमाडौं । आफ्नो माग पूरा नभएपछि सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै दवाबमूलक बृहत्त सडक आन्दोलनको घोषणा गरेको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्नुपरेको जनाएको छ । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन सुरु गर्ने महासंघका अध्यक्ष कुशलव केसीले बताए । अध्यक्ष केसीले सर

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 517 पटक पढिएको
  • रामेछाप पहिरो अपडेटः थप एक शव भेटियो, ३ जना अझै बेपत्ता

    रामेछाप- रामेछापको दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खोजी तथा उद्धार टोलीले आज बिहान ७५ वर्षीय पुड्की पहरीको शव फेला पारेको हो । अविरल वर्षाका कारण हिजो दिउँसो ४ बजेबाटै खोजी कार्य स्थगित गरिएकोमा आज बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । बेपत्ता मध्ये थप एक जनाको शव भेटिएसँगै पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ३ जना अझै हराइरहेका छन् । शनिवार राति गएको पहिरोले ६ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको छ भने

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 461 पटक पढिएको
  • ओमानका विदेशमन्त्री नेपालको दुई दिने भ्रमणमा आउँदै

    काठमाडौं – ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी आज दुई दिने भ्रमणका लागि नेपाल आउँने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालमा रहन्दा उनले भोलि (मंगलबार) परराष्ट्रमन्त्री डा. देउवासँग दुई पक्षीय सम्बन्धबारे छलफल गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी‚ साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको मन्त्रालयले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 473 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्धारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।भाद्र कृष्ण अष्टमीको रात आमा देवकीबाट श्रीकृष्णको जन्म भएको शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रीकृष्णलाई प्रेम र सौन्दर्यका प्रतीकका रुपमा सम्मान गर्नुभएको छ। उहाँले प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै सबै नेपालीलाई पर्वको शुभकामना दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘आज कृष्ण जन्माष्टमी, अनि सुदूरपश्चिममा मनाइने गौरा पर्व। भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 434 पटक पढिएको
  • सर्वोच्चको आदेशलाई गलत व्याख्या नगर्नुहोस् : मेयर साह

    काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सर्वोच्च अदालतको आदेशलाई आफ्नो निर्णय भन्दै जनतामा भ्रम फैलाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने होइन‚ आफ्नो कान छाम्ने हो’ भन्ने उखानलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।उनका अनुसार सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार बागमती र विष्णुमती नदी किनारको ४० मिटर र टुकुचा नदी किनारको २० मिटर क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न निषेध गरिएको छ। महानगरपालिकाले यसबारे सरोकारवाला सबैलाई जानकारी गराइसकेको छ।शाहले भने‚ ‘अदालतको आदेशले जनताको जग्गा उपभोग गर्न बाधा पुर्‍याएको छैन। सरका

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 495 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.