काठमाडौं–सल्यानको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय दलबहादुर कार्की रहेका छन्।

कालीमाटी गाउँपालिका–१ का वडा अध्यक्ष रविलाल खत्रीका अनुसार कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक थिए । हिजो साँझ ५ बजे घर नजिकै गोठालो जाँदा उनलाई चट्याङ लागेको थियो ।

OM Sai Pathibhara Hospital

चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।