काठमाडौं–कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये एकजनाको शव फेला परेको छ ।

३७ वर्षीय इरिक कासानोभासको शव भुरुङ्दी खोलामा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

इरिक र ३२ वर्षीया मोलास जुन्का मेसी अन्नपूर्ण पदमार्ग हुँदै उल्लेरीबाट घोरेपानी जाँदै गर्दा बेपत्ता भएका थिए । मोलासको खोजी कार्य अझै जारी रहेको छ ।

सशस्त्र प्रहरी‚ नेपाल प्रहरी‚ र स्थानीयवासीको टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् । घटनाको जानकारी सम्बन्धित देशको राजदूतावासमा गराइएको छ ।