म्याग्दी- दुई दिनदेखि बन्द रहेको पश्चिम म्याग्दीको बेनी-दरबाङ सडक आज बिहानदेखि खुलेको छ । 

बेनी नगरपालिका-४ तातोपानी र मङ्गला गाउँपालिका-२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट पहिरो खसेपछि सडक शनिवारदेखि अवरुद्ध रहेको थियो । 

OM Sai Pathibhara Hospital

वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई एक्स्काभेटरको  सहयताले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 

सडक खुलेसँगै पहिरोका कारण बीच सडकमा रोकिएका गाडीहरु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।