काठमाडौं–सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सुनकोशी नदीमा दुई दिनअघि जिप खसेर बेपत्ता भएका तीन जना यात्रु अझै फेला परेका छैनन् । सशस्त्र प्रहरी बल, जनपद प्रहरी, र स्थानीयहरूको सहकार्यमा सोमबार पनि खोजी कार्य जारी राखिए पनि उनीहरूलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बेलुका खोटाङको हलेसीबाट काठमाडौँ आउादै गरेको चार जना सवार प्र.नं. ३–०१–०२३ च ६३६६ नम्बरको  जिप अनियन्त्रित भई सुनकोशी नदीमा खसेको थियो । बेपत्ता भएका भक्तपुर सूर्यविनायकका ३२ वर्षीय चालक अविन बडे सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

OM Sai Pathibhara Hospital

प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, नदीको उच्च बहाव र धमिलो पानीले खोजी कार्यमा अवरोध उत्पन्न भएको छ । खोजीका लागि गोताखोर, ड्रोन, र ¥याफ्टिङको प्रयोग भए पनि सफलतामा चुनौती आएको छ । दुर्घटनामा बाँच्न सफल सुशान्त कक्षपतिको उपचारपछि उनलाई परिवारको जिम्मा लगाइएको छ ।