काठमाडौं–ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आएका अल्बुसैदीको भ्रमणका दौरान दुवै देशका विदेशमन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

हिजो अपराह्न दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका अल्बुसैदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ओमानका विदेशमन्त्री आज नै काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।