काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर दर्शन गरेका छन् । 

सो अवसरमा पौडेलले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद समेत ग्रहण गरे । 

OM Sai Pathibhara Hospital

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि आज बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । 

हिन्दु धर्मावलम्बीले भाद्र कृष्णअष्टमीलाई भगवान कृष्णको जन्माष्टमी पर्वका रूपमा मनाउने गर्दछन् । द्धापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । 

किंवदन्ती अनुसार पाटनमा महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनर सिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो ।

त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।