समाचार

    Showing 14,741-14,750 of 25,839 items.
  • प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ ।प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरुमा प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 255 पटक पढिएको
  • श्रीनगर सांस्कृतिक डबली सञ्चालनमा

    तानसेन (पाल्पा) । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि बुधबारदेखि डबली सञ्चालनमा आएको हो । उक्त डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको रु छ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको हो । बुधबार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गरे । ढिलै भए पनि डबली सञ्चालनमा आएको

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 359 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 355 पटक पढिएको
  • पर्यटनमन्त्री पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।नेपालका लागि ऐ

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 296 पटक पढिएको
  • मेरो अनुभवमा, धर्म छाड्यो भने सबै ध्वस्त हुने रहेछः प्रधानन्यायाधीश राउत

    काठमाडौं । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतले धर्म छाड्यो भने सबै ध्वस्त हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवम् महा संप्रोक्षण कार्यक्रममा बोल्दै उनले अहिलेसम्मको जीवनकालमा फर्केर हेर्ने हो भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ भन्ने अनुभव भएको बताएका हुन् । उनले भने, ‘मलाई पनि लाग्छ । अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ । त्यसैले धर्मसँग हाम्रा सभ्यताहरु, संस्कृतिहरु, परम्पराहरु र रितिरिवाजहरु सबै जोडिएका छन् ।’त्यस्तै, उनले आधुनिकताको नाममा आज धेरै कुराहरु यताउता पारिएको पनि

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 204 पटक पढिएको
  • आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे

    तनहुँ, । जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकारले निर्धारण गरेका सबै प्रकारका खोप, जनरल ओपिडीदेखि गर्भवती जाँच, सुत्केरी तथा शल्यक्रिलयासम्मको सेवा प्रवाह भइरहेको छ ।’विपन्न नागरिकको उपचारमा आकर्षण बढ्न थालेको भन्दै डा क्षेत्रीले अस्पतालले विपन्न नागरिकका लाग

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 363 पटक पढिएको
  • सुन्दर भवनभित्र अभाव झेल्दै विद्यामन्दिर

    बलेवा (बागलुङ) । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै ।बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगर

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 461 पटक पढिएको
  • मुस्ताङमा हिमपात हुँदा किसान खुसी

    मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरू केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाल

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 254 पटक पढिएको
  • विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरू

    लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् । समारोहमा नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरीया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षुभिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 358 पटक पढिएको
  • बुढेसकालको नागरिकताले दिलायो खुसी

    झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । ‘नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन’, हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, ‘बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।’नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पाल

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.