समाचार

    Showing 12,621-12,630 of 19,838 items.
  • सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा पटका बरामद

    काठमाण्डौ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ ।   सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो। कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 212 पटक पढिएको
  • नवलपरासीको सीमा क्षेत्रमा व्यापक तस्करी

    मधेस प्रदेश    ।    पश्चिम नवलपरासीको सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा चलेको छ। ईलाका प्रहरी कार्यालय महेशपुरले ११ लाख बराबर को कपडा सरावल गाउँपालिका वडा नम्बर ०७ गणेशपुरबाट समातेको छ। मंगलवार मात्र जिल्ला कमान्ड पोस्ट परासीको टोलीले १० लाख बराबरको पटाका नियन्त्रणमा लिएको थियो। भारतबाट महेशपुरको नाका हुँदै अवैध रुपमा भित्रिएको ती पटाकाहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको पटाका मंगलवार नस्ट गरि गाडी लाई आवश्यक कार्यवाहिको लागि भन्सार कार्यालय पठाएको थियो भने चालकलाई सशस्त्र प्रहरीको पेसाग लगाई फरार गरेको स्थानीले बताएका छ । त्यस्तै शनिबार पनि सिम

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 139 पटक पढिएको
  • सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो

    वीरगञ्ज । २०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।  नयाँ पुल सञ्चालनमा आएपछि राहत महसुस गर्दै खुशी भएका त्यस क्षेत्रका जनता सञ्चालनमा आएको १० महिना नबित्दै पुल भत्किन थालेपछि फेरि सडकजामको समस्या भोग्नुपर्ने होकी भनेर चिन्तित भएका छन् ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले पुलको ‘एप्रोच सडक’ भाँसिएको र सडक भत्किएर खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताए ।  ‘हामीले भत्किएको एप्रोच सडक मर्मत गर्न आज पत्राचार गरेका

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 112 पटक पढिएको
  • नेपाली नक्कली नोटको बिगबिगी

    काठमाण्डौ  । नक्कली नोटसहित तनहुँबाट प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ।पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ।व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण र

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 192 पटक पढिएको
  • इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री साउद आफै जाने

    काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।मन्त्रिपरिषद्को बैठकले

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 145 पटक पढिएको
  • डा. कर्णसहित तीनजना पुर्पक्षका लागि थुनामा

    विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट नवजात शिशु बिक्री गरेको आरोप लागेका डाक्टरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो । इजलासको आदेशपछि उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।अदालतका सूचना अधिकारी ओमराज सु

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 166 पटक पढिएको
  • इजरायलबाट फर्कन चाहनेको खर्च सरकारले बेहोर्ने

    काठमाडौँ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन कि

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 161 पटक पढिएको
  • प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी

    काठमाण्डौ   ।    वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उनको छ। आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो कुटाइबाट घाइते

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 149 पटक पढिएको
  • हालसम्म डेङ्गुबाट ३८ हजार ५९ जना सङ्क्रमित

    काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 161 पटक पढिएको
  • नेपाल एयरलाइन्सको जहाज आजैराति इजरायल जादै

    काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकू समहू हमास बीचको युद्धबाट प्रभावित नेपाली नागरिकलाई सरकारले नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गर्ने भएको छ ।नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति २.३० बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने टुङ्गो लागेको नेपाल एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ । वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ ।बिमानमा २५० यात्रु सहित इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणबाट मारिएका १० नेपाली विद्यार्थीको शव ल्याइने जनाइएको छ ।यही असोज २० गते इजरायलको दक्षिण क्षेत्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 159 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा