काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरेको हो।उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको जलजले पुगी आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट
काठमाडौं । राजसंस्था समर्थकहरूले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउदै नारायणहिटी दरबार सङग्रालय अघि दुर्गा प्रसाईं लगायत राजवादीहरुको प्रदर्शन ।मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको पक्षमा नारा लगाएका थिए। प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए।उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अ
काठमाण्डौ । आगामी शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ ।आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।चालु शैक्षिक सत्रका लागि गतवर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउन सफल भएपछि यसवर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मे
एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।” अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमाण्ड एण्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् । ह्वाइट हाउसले ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार र
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा । केही दिनअघि विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद भएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी–कर्मचारी कुटाकुटको असर प्रहरी संगठनमा पर्ने निश्चित देखिएको छ।विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएपछि यस्को संकेत देखिएको हो। उनी कुटपिट प्रकरणमा गठित छानविन समितिको प्रतिवेदनमा असन्तुष्ट थिए।समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ। तर, चन्दले आन्
काठमाण्डौ । नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा प्रकरणमा प्रतिशोध साँधेको बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका उनले २०४२ सालमा बाँसबारीको जग्गामा भएको सम्झौता सही भएको बताएका छन्।‘अहिले हामी व्यापारीमाथि आक्रमण गर्ने तरिकाबाट पक्राउ गरियो। त्यतिबेला बाँसबारीको जग्गाको मूल्य ५ लाख पनि थिएन। हामीले त्यसबेला त्यो जग्गा लिजमा लिएका हौँ’, उनले कांग्रेस बैठकमा भने, ‘यो ठूलो विषय पनि होइन। छानबिन गर्दा हुन्थ्यो। यसरी सरकारले थाहै नदिई हाम्रो प्रतिष्ठामा आँच पुर्याउने गरी पक्राउ गर्दा समस्या भयो। हामी छानबि
काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ । बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो ।सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।
काठमाण्डौ । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए ।ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.