समाचार

    Showing 11,661-11,670 of 25,758 items.
  • डा. दास भन्छन चुरे संकट तराईको अस्तित्व संकट हो

    ललितपुर— राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मानव अधिकार शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले चुरेमा भइरहेको अत्यधिक दोहनको असर मधेशमा देखिन थालेको बताएका छन । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “३१ औं प्रकाश मानव अधिकार पुरस्कार” वितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले भने मधेशमा देखिएको खडेरी तथा सुक्खा अवस्था वातावरण विनाशको कारण सिर्जना भएको हो ।राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त डा.सूर्यप्रसाद ढुंगेलले नेपालको मानव अधिकार अभियानमा काफ्लेको योगदानको स्मरण गर्नु जरुरी रहेको बताउए। उनले मानव अधिकार रक्षकले वातावर

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 746 पटक पढिएको
  • ‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स

    काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे । ‘हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन् । डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने । व

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 548 पटक पढिएको
  • पोखराको मालेपटनमा दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन सम्पन्न

    पोखरा । तायामाः मचा नाच समिति, पोखरा–५, मालेपटनमा आयोजित दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन–२०८२ सम्पन्न भएको छ ।नेवारी समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न टोल र संस्थाहरूले आ–आफ्नो लखेनाच प्रस्तुत गरेका थिए ।कार्यक्रममा फल्याफकोटे नेवाः खल, मालेपाटन लखेनाच, फेदी नेवाः खल, समाज कल्याण नेवाः खल, नेपाल राष्ट्रिय बड्गाउँ समाज, रुपा देउराली नेवाः खल, नयाँ बजार तायामाः पुँचः, हेम्जा नेवाः खल, राष्ट्र बैंक चोक नेवाः खल, वेदास नगर नेवाः खल, रामघाट नेवाः खल, र अन्य विभिन्न समुदाय र संस्थाहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा तायाम

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 301 पटक पढिएको
  • नेपालमा गर्भपतन अधिकार : महिलाको अधिकारमा समाज नै बाधक

    काठमाडौं । पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ ।  यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजोआज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या बढ्दो छ र यसलाई एउटा सकारात्मक परिवर्तनको रूपमा लिन सकिन्छ । तर अझै पनि धेरै महिला निजी अस्पताल, क्लिनिक वा गैरसूचीबद्ध स्थानहरूमा लुकीछिपी गर्भपतन गराउने गरेको प्रशस्त उदाहारण छन् । यसले उनीहरूको ज्यानलाई असुरक्षित त बनाएको छ

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 384 पटक पढिएको
  • जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

    बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र दे

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 433 पटक पढिएको
  • बनाना रिसोर्टमा आगलागी, ४० लाख क्षतिको अनुमान

    रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ ।केराको मात्र परिकार पाउने सो रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगोलागी भएको हो । बनाना रिसोर्टका संचालक राकेश गुप्ताका अनुसार आगोलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर  क्षति भएका छन् । आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए । रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यान्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ । यी सामनहरु काम नै नलाग्ने गरि जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भ

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 220 पटक पढिएको
  • माओवादी स्थायी समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 429 पटक पढिएको
  • हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन् । उनले शुक्रबार यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका हुन्  ।‘तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’,  पुटिनले भने ।सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनो

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 483 पटक पढिएको
  • रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । र हामी पूर्ण रूपमा तयार छौँ ।’पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तय

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 386 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, लुम्बिनि,बागमती, गण्डकी प्रदेशका

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.