समाचार

    Showing 11,531-11,540 of 19,794 items.
  • प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश

    काठमाण्डौ  ।  पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिएक छन् । उनले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन् ।पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा —कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनलेजे भन्दछन्— त्यो सुनौं — त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरात

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 408 पटक पढिएको
  • प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा सूर्यमान तामाङलाई पक्राउ

    काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनले तामाङलाई शुक्रबार काठमाडौंको रविभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ परेका तामाङ काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको हात्तिगौडा बस्ने सार्किमान तामाङको छोरा हुन् ।तामाङलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएका रविभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तामाङलाई थप अनुसन्धानका लागि मीन

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 559 पटक पढिएको
  • आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त

    काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 222 पटक पढिएको
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

    काठमाडौं । नेपाल दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 235 पटक पढिएको
  • सशस्त्र प्रहरीका ९ हजार २४९ कर्मचारीले दिए राजीनामा

    काठमाडौँ । पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए ।राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्,‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ ।’त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन् ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 325 पटक पढिएको
  • कृषिमन्त्री भुसालको राजीनामा माग्दै चितवनका कृषकले सडकमा पोखे दूध

    कृषि मन्त्री बेदुराम भुसालको राजीनामा माग्दै चितवनका दूग्ध किसानहरुले सडकमा दूध पोखेका छन्।दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्। भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध गरेका हुन्।उनीहरूले कृषि मन्त्री भुसालविरुद्ध चर्को नारा लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने बताएका उनीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए।चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 303 पटक पढिएको
  • भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबि

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 351 पटक पढिएको
  • बलम्बुमा गोली चल्यो, दुई जना घाइते

    काठमाडौं । प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन्।इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए । त्यसक्रममा गोली चलेको हो । गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।घटनाबारे तत्काल छानबिन गर्न एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 264 पटक पढिएको
  • सशस्त्र प्रहरीका डीएसपी केसी स्वयम्भूबाट पक्राउ

    काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 375 पटक पढिएको
  • जीप दुर्घटनाहुदा एकको मृत्यु, सात घाइते

    काठमाण्डौ  । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रु

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • 221 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा