राजनीति

    Showing 9,281-9,290 of 10,378 items.
  • अखिल क्रान्तिकारीको अध्यक्ष बनिन् पञ्चा सिंह

    काठमाडौँ /  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज(आइतबार) बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका हुन् । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 147 पटक पढिएको
  • अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

     काठमाडौं //नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष पुष्पकमल दाहालले चयन गर्ने भएका छन्। शनिबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष दाहाललाई अध्यक्ष चयन गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।हाल विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ। बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको बताइएको छ। सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराएका छन्। बैठकमा सरकारका सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको मा

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 142 पटक पढिएको
  • राजतन्त्र अन्त्यका सूत्रधार वैद्य पूर्व राजासँग सहकार्य गर्न तयार

    बिर्तामोड / नेपालको २४० वर्षे लामो शाहवंशीय राज संस्थाको अन्त्यका लागि भएको माओवादी आन्दोलनका प्रमुख अनि शीर्ष नेता मोहन वैद्यले आफू सहितका कम्युनिष्ट पार्टीका नेता देशको राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।संविधान सभाको निर्वाचन पछि गुमनाम रहेका नेपालको कम्युनिष्ट आन्दोलन र दर्शनका गुरु समेत मानिएका वैद्यको मुलुकको राजनीति अस्थिर बनेको समयमा त्यस्तो धारणा सार्वजनिक भएको हो ।आफ्नै दल पटक –पटक सरकारमा पुगेको समयमा समेत सरकारमा सहभागि नभएर बेग्लै छवि अनि पहिचान बनाउन सफल नेता वैद्यले काठमाण्डौबाट सञ्चालित योहो टेलिभिजनसँगको अन

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 319 पटक पढिएको
  • ओलीको देवत्वकरण : संस्थापक नेताको अपमान गर्दै ओली स्थापित गर्ने तयारी

    बिर्तामोड / नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा शुरु भएको विधान महाधिवेशनमा नेकपाकै संस्थापक नेतालाई समेत महत्व नदिएको देखिएको छ । एमालेले आदर्श मान्दै आएका पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ , एमालेको मार्ग दर्शक सिद्धान्त कबजका प्रतिपादक मदन भण्डारी र पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी समेतलाई महत्व नदिएको अधिवेशनमा दृष्य देखिएको छ ।एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीका तस्विर र स्ट्याचुले राजधानीकै सडक अनि कार्यक्रम स्थल सिँगारिएको छ । तर सोही पार्टीले अहिलेसम्म मान्दै आएको सिद्धान्त अनि पार्टीका सं

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 113 पटक पढिएको
  • एमाले विधान महाधिवेशनमा आज तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

    बिर्तामोड / नेकपा एमाले विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदनमाथि समूह गत छलफल हुँदैछ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा हिजाे पेश भएका तीनवटा प्रतिवेदनमाथि आज छलफल हुँदैछ । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरूलाई जिम्मेवारी द

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 121 पटक पढिएको
  • प्रदेश सभामुख पनि एमालेकाे विधान महाधिवेशनमा

      काठमाडौँ।//कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पनि एमालेकाे विधान महाधिवेशनमा भाग लिएका छन्। आजदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सभामुख शाहीले पनि भाग लिएका हुन्। शाही दैलेख क्षेत्र नंं. २ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । सभामुख –उपसभामुख बनेपछि पार्टीबाट राजीनामा दिने कानुनी व्यवस्था छ ।एमालेका प्रदेशसभा सदस्यहरू स्वतः विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएकोले उनी सहभागी भएको एक एमाले नेताले बताएका छन्। यता शाहीले भने विधान महाधिवेशनमा सहभागिता र आफ्नो दलीय हैसियतबारे प्रतिक्रिया दिन मानेका छैनन्।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 121 पटक पढिएको
  •  एमालेमा चिनिँया पार्टीको नक्कल  

     काठमाडौँ// नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी चिनफिङको नक्कल गर्न थालेका छन्। नेकपा एमालेको विधान महाधिवेशनमा मञ्चको डिजाइन ठ्याक्कै  चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी मञ्चसँग मिल्दोजुल्दो रहेको थियो।  गोदावरीस्थित  नेकपा एमालेको सम्मेलनमा सजावट ठ्याक्कै चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनको दौरान मञ्चमा भएको जस्तै देखिएको थियो। पृष्ठभूमीमा रातो कपडाको बीच भागमा सुर्य चिन्ह भित्र हसियाँ हथौडा राखिएको थियो। चिनियाँ पार्टीको सम्मेलनका दौरान बीच भागमा पनि त्यसै गरी हसियाँ हथौडा राखिएको थियो ।ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत ग

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 156 पटक पढिएको
  • देशभर ओलीको आतङ्क छ : अध्यक्ष दाहाल

    बिर्तामाेड /  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर केपी ओलीको आतङ्क रहेको भन्दै त्यसलार्य परास्त गर्न आम कार्यकर्ता र नागरिकलाई  सचेत रहन आग्रह गरेका छन् । माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सम्बोधनकै क्रममा उनले लामो संघर्ष पछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको समेत बताएका छन् । प्रतिकृयावादी शक्तिहरूले जनतालाई भ्रम सिर्जना गरेको भन्दै सबै कार्यकर्ता र नागरिकलाई सचेत हुन अनुरोध गर्दै उनले भने, – ‘आफूले देशमा ठुलो कम्युनिस्ट शक्ति निर्माण गरि देशलाई समृद्धितर

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 130 पटक पढिएको
  • भ्रष्टाचारको आरोपमा गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

    मकवानपुर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूले तालिमको नाममा भ्रष्टाचार गरको भन्दै शुक्रबार अख्तियारले उनीहरूविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्दा दायर गरेको हो अख्तियारले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक राजकुमार रिजालविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 117 पटक पढिएको
  • एमाले विधान महाधिवेशन : वरिष्ठ नेता र उपमहासचिव पद खारेज

    बिर्तामोड / नेकपा एमालेले बरिष्ठ नेता र उपमहासचिव पद खारेज गरेको छ । आज (शुक्रबार) बाट सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संसोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको थियो । अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.