राजनीति

    Showing 9,251-9,260 of 10,378 items.
  • ताजा जनादेशमा जानु नै उचित : महासचिव पोखरेल

    काठमाडौँ / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे।उहाँले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गरे । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएक

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 80 पटक पढिएको
  • देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ : श्रममन्त्री श्रेष्ठ

    काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताए ।कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 106 पटक पढिएको
  • सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षा मन्त्री रिजालको निर्देशन

    काठमाडौँ / रक्षामन्त्री मीनेन्द्र रिजालले सेवाप्रदाय कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन्।  जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उनले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखितरूपमा पठाउन पनि निर्देशन दिए।निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह उनको थियो।सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक ह

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 90 पटक पढिएको
  • चोलेन्द्रका जेठान मन्त्री हमालको राजिनामा स्वीकृत

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । हमालले आइतबार बिहान बालुवाटार पुगेर देउवालाई राजीनामा पत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । गत असोज २२ गते हमाल मन्त्री नियुक्त भएका थिए । उनी विवादमा परेपछि मन्त्री बनेको तीन दिनमै राजीनामा दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका हमालले कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै पदबाट राजिनामा

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 124 पटक पढिएको
  • मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

    बिर्तामोड / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज सदनमा विश्वासको मत लिने भएकी छन् ।आज दिउँसो ३ बजे बस्ने  प्रदेशसभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन छिन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मा

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 100 पटक पढिएको
  • कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

    बिर्तामोड / भारत भ्रमणमा रहेका नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको हो । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकार

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 116 पटक पढिएको
  • ‘क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेकोमा म दुःखी छु’

    बिर्तामाेड / प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य नेताहरूलाई मन्त्री बनाउन नसकेकोमा आफू दुःखी रहको बताएका छन् । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।  उनले भने, – ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’देउवाले भोलिका दिनमा मन्त्री बनाउन सकिएका नेताहरूलाई उचित जिम्मेवारी दिने बताएका छन् । उनले बीपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाश

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 105 पटक पढिएको
  • ८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, ५ बजे सपथ

    बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रपरिषद् विस्तार गरेका छन् । देउवाले सरकार गठन भएको ८८ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले शपथका लागि मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइ सकेको समेत बताए । कसलाई कुन मन्त्रालय ?कांग्रेसबाटगृह मन्त्रालय– बालकृष्ण खाँणपरराष्ट्र मन्त्रालय –नारायण खड्कासञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्कीकानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडुमहिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मीरक्षा मन्त्रालय – मिनेन्द्र रिजालखानेपानी मन्त्रालय – उमाकान्त चौधरीउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमालजसपा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 164 पटक पढिएको
  • कानुन मिचेर एमाले नेताकी बुहारी नियुक्त

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र ओली समुहका नेताबाट भएका भ्रष्टाचार अनि बेथितिका विषयको चाङ नै लागेको छ । आफू सरकारमा रहँदा भ्रष्टाचार अनि बेथितिको विरोध गर्ने ओली अनि एमालेको सरकारका पालामा भएका बेथिति र भ्रष्टाचार सत्ताच्युत भएपछि रोकिएको छैन ।ओलीका सहयात्री भनेर चिनिएका झापाकै एक नगरपालिकामा मेयरमा पराजित एमालेका नेता समेत रहेका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईँ यतिबेला विवादमा तानिएका छन् ।ओलीको आर्शिवादमा संविधानको रक्षकका रुपमा मानिएको प्रदेश प्रमुख बन्न सफल भएका प्रसाईँको परिवारका सदस्यले कानुन मिचेर लाभका पद हत्याउन नछाडेको पाइएको छ ।ओली नै प्रधानमन्त्री रहेको सम

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 130 पटक पढिएको
  • आपूर्तिमन्त्री बने प्रधानन्यायाधीशका जेठान

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् । देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हमाललाई आपूर्तिमन्त्री बनाएका हुन् । यसअघि प्रधानन्यायाधीश जबराको कोटामा विचौलियाका रुपमा रहेका दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उनको नाममा विवाद भएपछि देउवाले कांग्रेस पृष्ठभूमिका हमाललाई प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनाएका हुन् ।प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशङ्कालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्र

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.