राजनीति

    Showing 9,231-9,240 of 10,378 items.
  • बिहीबार विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

    हेटौंडा / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छिन् । विहीबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् । मुख्यमन्त्री शाक्यले भोलिको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 117 पटक पढिएको
  • सरकार र विप्लवबीच दुई बुँदे सहमति

    काठमाडौँ / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच दुई बुँदे सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा दुई बुँदे सहमति भएको हो । विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । वार्तामा नेपाल सरकारको तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 119 पटक पढिएको
  • गृह जिल्ला हिँडेका मन्त्री बडु दुई दिनदेखि जाममा

    बैतडी / गृह जिल्ला दार्चुला हिँडेका कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुसहित पाँच सय जना यात्रु बैतडीको जाममा फसेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला हिँडेका बडु बाटो बन्द हुँदा दुइ दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा नै रोकिएका छन्। सोमबार दार्चुला पुग्नु पर्ने बडु वर्षाका कारण सडक अवरुद्ध भए पश्चात बुधबारसम्म बैतडीमै छन्। उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स समेत फसेको छ।यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका ५ सय जना यात्रु पनि मन्त्रीसँगै दुई दिनदेखि डिक्गाडमा जाममा फसेका छन्।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 107 पटक पढिएको
  • अध्यक्ष ओलीले बाेलाए स्थायी कमिटी बैठक

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । ओलीले भोलि (बिहिबार) दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  एमालेले आगामी १० देखि १२ मङ्सिरमा दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 110 पटक पढिएको
  • सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गति र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुस भएको छ ।यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ । देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्क

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • 99 पटक पढिएको
  • गृहमन्त्री खाण पुगे वैद्यलाई भेट्न नर्भिक अस्पताल

    बिर्तामोड / गृहमन्त्री बालकृष्ण खाण नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका छन् ।  दम रोगबाट पीडित वैद्यको स्वास्थ्य अवस्था बझ्न खाँड आज (मंगलबार) काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । खाणले अस्पतालमा वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 119 पटक पढिएको
  • माओवादीको राष्ट्रिय सम्मेलन सम्बन्धी कार्यतालिका हेरफेर

    बिर्तामोड / नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको कार्यतालिका संशोधन गरेको हो । पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराका अनुसार टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ । माओवादी केन्द्रले १४९

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 127 पटक पढिएको
  • विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु : मन्त्री आले

    बिर्तामोड / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका हुन् । आलेले अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए ।यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 144 पटक पढिएको
  • एमालेले कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्दे

    बिर्तामोड  / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ।नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक देशका छ हजार सात सय ४३ वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले अधिवेशन गर्ने भएको हो । आगामी मंसिरमा बुटवलमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कार्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । वडा अधिवेशनका लागि एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भ

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 117 पटक पढिएको
  • मोहन वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड

    बिर्तामोड / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या देखिएपछि आइतबारदेखि नर्भिक अस्पतालमा उपचार गराइ रहेका आफ्ना राजनीतिक गुरु वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।प्रचण्डले वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।वैद्यको स्वास्थ्य अवस्थामा सु

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.