राजनीति

    Showing 8,991-9,000 of 10,378 items.
  • खोटाङमा समाजवादी र मालेबीच पार्टी एकीकरण

    खोटाङ / खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् । गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिवालय सदस्य लगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 103 पटक पढिएको
  • कैलालीमा कांग्रेसकाे मतगणना स्थलमा झडप, तीन घाइते

    कैलाली / नेपाली काँग्रेस दार्चुलाको १४ औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ । दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन् । घाइते सबै धामी पक्षका कार्यकर्ताहरू रहेको बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीबार मतदान भएको थियो।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 115 पटक पढिएको
  • एमाले १० औँ महाधिवेशन आजदेखि

    चितवन / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो ।महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । शुक्रबार मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ ।एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार संयोजक योगेश भट्टराईले उद्घाटन सभामा चितवनलगायत देशका विभिन्न भागबाट पाँच लाखभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताले सहभागिता जनाउने दावी गरे । पश्चिमतर्फबाट हुने सहभागीलाई लक्षित गर

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 96 पटक पढिएको
  • कांग्रेस महाअधिवेसन : जिल्ला सभापतिमा देउवा पक्षको अग्रता

    बिर्तामोड / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ३० जिल्लाको परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक पछिल्लो परिणाम अनुसार जिल्ला सभापतिमा देउवा पक्ष बलियो देखिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामध्ये हालसम्म ३० जिल्लाको परिणाममा देउवा पक्ष बलियो देखिएको हो ।सभापति शेरबहादुर देउवा पक्षधर १६ जना र पौडेल पक्षका १४ जना जिल्ला सभापतिमा चयन भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुने कार्यतालिका रहेको छ ।देउवानिकट सभापतिताप्लेजुङ – गजेन्द्र तुम्याहाङरामेछाप – कान्छाराम तामाङमुगु – ऐनबहादुर शाहीम्याग्दी – खमबीर गर्बुजाडोटी – नरेन्द्रबहादुर सिंहडोल्पा–

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 102 पटक पढिएको
  • एमाले महाअधिवेसन : १५ पदका लागि प्रदेश एकका ११ नेताको दावी

    बिर्तामोड / नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रदेश एकबाटै पदाधिकारीमा ११ जना आकांक्षी देखिएका छन् । कुल १५ पदका लागि ११ पदमा प्रदेश एकका नेताले आफ्नो दावी प्रस्तुत गरेका छन् । १५ पदका लागि देशभरिबाट १०० जनाभन्दा बढी उम्मेदवार चुनावी प्रतिष्पर्धामा होमिने अड्कल काटिएको छ । करिब २२ सय प्रतिनिधि हुने महाधिवेशनमा विभिन्न पदमा ९ सय आकांक्षी देखिएपछि नेताहरूको व्यवस्थापनमा समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सकस पर्ने भएको छ ।पार्टी अध्यक्ष ओली सहित उच्च तहमा रहेर काम गरिरहेका दर्जनौँ नेता रहेकाले पनि प्रदेश एकबाट पदाधिकारीमा बढी आकांक्षी देखिएका हुन् । प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री भीम आचार्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 118 पटक पढिएको
  • मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास

    काठमाडौं / सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । बिहीबार (आज) बसेको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अनुपस्थितिमा सर्वोच्चका १८ न्यायाधीशको बैठकले त्यस्तो निर्णय गरेको हो । निर्णयमा प्रधानन्यायाधीश जबराले पनि हस्ताक्षर गर्ने बताइएको छ ।पछिल्लो निर्णय सँगै सर्वोच्चका न्यायाधीश आगामी बुधबारदेखि इजलासमा बस्ने भएका छन् । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : निधीद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

    बिर्तामोड / नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । निधिले बिहीबार पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै निधिले आफूले ‘लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षपूर्ण कठिन दिनमा जेलनेल भोगेको र आफू योग्य भएको समेत दावी गरेका छन् ।निधि सँगै पार्टी सभापतिका लागि औपचारिक घोषणा गर्ने नेताको संख्या दुई पुगेको छ । यसअघि कांग्रेस नेता कल्याण गुरुङले उम्मेद्वारी घोषणा गरेका थिए । कांग्रेस नेता प्रकाशमान सिंह , रामचन्द्र पौडेल , शसांक कोइराला , डा. शेखर कोइराला र शेर बहादुर देउवा पनि सभापतिका आकांक्षी ह

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 86 पटक पढिएको
  • राप्रपा महाधिवेशन : पार्टी नेतृत्वका लागि अघि बढ्यो दोस्रो पुस्ता

    काठमाडौँ / पुरानो पुस्तालाई चुनौति दिदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा झापाली नेता राजेन्द्रप्रसाद लिङ्देन ले पार्टी अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार काठमाडौंमा कार्यक्रमको आयोजना गरी नेता लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र चर्चित अभिनेत्री रेखा थापालगायतले समर्थन गरेका छन् ।लिङदेन नेतृत्वको समूहले छुट्टै प्यानल नै बनाएर पार्टीका संस्थापक नेताहरूसँग प्रतिष्पर्धा गर्ने भएको हो । पार्टी अध्यक्ष त्रय कमल थापा , पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 94 पटक पढिएको
  • एमाले महाधिवेशन: चितवनमा बढ्यो चहलपहल

    चितवन / नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ। एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।गैँडाको मस्कट तयारनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 96 पटक पढिएको
  • महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्।महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरेकी छन्।‘नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 90 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.