काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टीको नेतृत्व प्रणाली परिवर्तन गर्दै अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय गरेको छ। पोखरामा बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेतृत्व संरचनामा परिवर्तन गर्ने निर्णय गरेको हो। महासचिव कञ्चनको अध्यक्षतामा साउन १४ देखि १६ गतेसम्म बसेको बैठकका निर्णय शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। बैठकले पार्टीको विचार, राजनीति र संगठनलाई नयाँ ढंगले विकास गर्ने निर्णयसमेत गरेको जनाएको छ।पार्टीले विभिन्न क्रान्तिकारी पार्टी, संगठन तथा व्यक्तिहरूसँग एकता, ध्रुवीकरण तथा कार्यनीतिक र रणनीतिक मोर्चामा सहकार्य गर्ने नीति अघि सारेको
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बदन भण्डारीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी दिलकुमारी पराजुलीको खोजीलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। मण्डनदेउपुर वडा नं. ७ का ६८ वर्षीय केदारनाथ पराजुली र ६७ वर्षीया दिलकुमारी पराजुली, जो बोन म्यारो क्यान्सरबाट पीडित हुनुहुन्थ्यो, उहाँहरू दोलालघाटस्थित दोलालेश्वर मन्दिर पुगेपछि सुनकोशीमा हाम फालेर बेपत्ता हुनुभ
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको संविधानप्रतिको बुझाइ र पछिल्लो कार्यशैलीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्न सक्ने भन्दै सचेत गराएका छन्। उनले संविधानको मर्म र लोकतान्त्रिक मूल्यअनुसार शासन सञ्चालन गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्। शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै संविधानलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति देखिए त्यसले गम्भीर समस्या निम्त्याउन सक्ने बताए। उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीदेखि मन्त्री तथा सत्तापक्षका सांसदसम्मबाट आउने अभिव्यक्ति
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। उनले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताइन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले माइतीघर मण्डलामा आन्दोलनरत इन्टर्न चिकित्सकको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।उनले भने, ‘केही समयअघि मैले यही सदनबाट इन्टर्न डाक्टरहरूको
काठमाडौं / नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना किन रोकियो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णयबाट पछि हट्नु नीतिगत निरन्तरताविपरीत भएको भन्दै त्यसले जनतामा राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिए । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले ०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा समर्पित ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाएको स्मरण गराए। उनले एक चरणमा २० करोड रुपैयाँ र अर्को चरणमा २ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको तथा ट्रमा
काठमाडौं / प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक सम्पन्न गरी ३८४ वटा निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। चौमासिक प्रतिवेदन भनिए पनि सार्वजनिक विवरणमा वैशाख, जेठ र असार गरी तीन महिनामा भएका काम समेटिएका छन्। प्रतिवेदनअनुसार उक्त अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट १२ वटा निर्णय भएको उल्लेख छ।सरकारले यस अवधिमा नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ तर्जुमा ग
रामेछाप / नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे । ‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने । तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सकार नै भएको उनको भनाइ छ । ‘सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने जुन भा
काठमाडौं / सङ्घीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गरिने भएको छ।संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् । यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्न अ
काठमाडौं। जेन–जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आफ्ना अधिकार, पुनस्र्थापना र आपसी समन्वयलाई संस्थागत गर्ने उद्देश्यसहित काठमाडौंको बबरमहलमा ‘घाइते जेन–जेड नेपाल’ को केन्द्रीय कार्यालय स्थापना गरेका छन्।नवस्थापित कार्यालयको उद्घाटन जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद श्रीयम चौलागाईं का बुवा गणेश चौलागाईं ले गरेका हुन्। उद्घाटन समारोहमा आन्दोलनमा सहभागी घाइतेहरू, विभिन्न सामाजिक व्यक्तित्व तथा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत उपस्थित थिए।आयोजकका अनुसार यो कार्यालय घाइतेहरूको साझा प्लेटफर्मका रूपमा सञ्चालन हुनेछ। आन्दोलनका क्रममा घाइते भएकाहरूको हकहित, उपचार, पुनस्र
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि न्यायिक बहसको केन्द्रमा पुगेको छ। सर्वोच्च अदालतले यसअघि भएको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले यसलाई विशेष महाधिवेशनको वैधानिकता र राजनीतिक यथार्थ थप स्पष्ट हुने अवसरका रूपमा व्याख्या गरेका छन्।शर्माका अनुसार यसअघि सर्वोच्चको संयुक्त इजलासले लामो कानुनी बहसपछि विशेष महाधिवेशनको पक्षमा निर्णय गर्दै विवाद टुंग्याएको थियो। अब पुनः परीक्षणको प्रक्रियाले अदालतलाई सम्पूर्ण तथ्य र प्रमाण अझ विस्तृत रूपमा अध्ययन गर्ने अवसर दिने उनको विश्वास छ।उनले विशेष महाधिवेशनसँग सम्बन्धित सबै कानुनी र तथ्यग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.