राजनीति

    Showing 7,551-7,560 of 10,368 items.
  • पूर्वअर्थमन्त्री प्रकरण : समितिले मंगलबारदेखि मात्रै छानविन सुरु गर्ने

    काठमाडौँ / निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानविन थालिने भएको छ ।करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि बुधबार राजीनामा दिएका शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको हो ।तिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा एमालेका ४ सांसद, २(२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन् ।सभामुख अग्निप्रसाद सापकोटाले सहजीकरणका लागि राखेको बैठकमा छानबिन समितिका सदस्यहरुले मंगलबारबाट का

    • प्रकाशित मितिः असार २४, २०७९
    • 114 पटक पढिएको
  • नेकपा एसको प्रमुख सचेतकमा सरला यादव

    झापा  / नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक सांसद सरला यादवलाई बनाउने भएको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई दिइएको छ । बैठकले पार्टी संगठन विस्तार गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारी गर्ने निर्णय निर्णय पनि गरेको नेता झलनाथ खनालले जानकारी दिए

    • प्रकाशित मितिः असार २४, २०७९
    • 93 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

     काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । संसद् सचिवालयका अनुसार बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकून्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्

    • प्रकाशित मितिः असार २४, २०७९
    • 105 पटक पढिएको
  • मेयरको लागि किनिएको गाडी बेचेर रोलर किन्ने हर्क साम्पाङको घोषणा

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको जानकारी दिएका हुन् ।उनले फेसबुकमा लेखेका छन्,‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले समेत ताली

    • प्रकाशित मितिः असार २४, २०७९
    • 100 पटक पढिएको
  • माओवादीको १२५ सदस्यीय पोलिटब्युरो गठन, को–को छन् ? (सूचीसहित)

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले १ सय २५ सदस्यीय पोलिटब्युरो कमिटी घोषणा गरेको छ । विहीबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यहरूको नाम  प्रस्ताव गरेका हुन् ।केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने माओवादीको विधानमा व्यवस्था छ । सो अनुसार प्रचण्डले पोलिटब्युरो समिति चयन गरेका हुन्।यी हुन पोलिटब्युरो सदस्यहरू :१. पुष्पकमल दाहाल प्रचण्ड२. नारायणकाजी श्रेष्ठ३. कृष्णबहादुर महरा४. उर्मिला अर्याल५. पम्फा भुसाल६. हरिबोल गजुरेल७. गणेश शाह८. देव गुरुङ९.

    • प्रकाशित मितिः असार २३, २०७९
    • 97 पटक पढिएको
  • अर्थमन्त्रीको राजीनामापछि मन्त्रालय फर्किए सचिव मरासिनी

    काठमाडौँ / विवादीत अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन् । बुधबार शर्माले राजीनामा दिएपछि सचिव मरासिनी बिहीबार मन्त्रालय फर्किएका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सामेल गराएको विषयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि मरासिनीले प्रधानमन्त्री निवास पुगेर स्वास्थ्य समस्या देखाउँदै अनिश्चितकालका लागि बिदा बस्ने जानकारी गराएका थिए । तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्।सचिव मरासिनीको सचिवालयका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्। 

    • प्रकाशित मितिः असार २३, २०७९
    • 90 पटक पढिएको
  • माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् ।काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख विष्णु पुकार श्रेष्ठ चिनको लागि राजदूत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो सरह रहने छन् ।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 95 पटक पढिएको
  • विशेष महाधिवेशनको आयोजना गर्दै माओवादी

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । साथै उनले उक्त महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने समेत बताए ।प्रचण्डले भने –‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ ।’

    • प्रकाशित मितिः असार २३, २०७९
    • 125 पटक पढिएको
  • माओवादीको केन्द्रीय समिति बैठक जारी, तत्काल पदाधिकारी टुंगो नलगाउने

    काठमाडौँ / नेकपा माआवादी केन्द्रको कन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  केहीबेर अघिदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र गैरभौगोलिक क्षेत्रबाट रिपोर्टिङ तथा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ  दिनेछन् ।साथै उनले पोलिटब्युरो, स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहका अनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति र पोलिटब्युरो सदस्यहरूको नामावली प्रस्तुत गर्ने छन् ।  आजको बैठकमा पदाधिकारीको टुंगो भने नलाग्ने भएको शाहले बताए । नेताहरूबीच सहमति जुट्न नसक्दा पदाधिकारी

    • प्रकाशित मितिः असार २३, २०७९
    • 91 पटक पढिएको
  • मिटरब्याजी रामदेवका छोरा र छोरी कारागार चलान

    सप्तरी  / सप्तरी जिल्ला अदालतले मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका –७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको हो । मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ। सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेक

    • प्रकाशित मितिः असार २३, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.