राजनीति

    Showing 7,541-7,550 of 10,368 items.
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जरुरी छ : मन्त्री कुँवर

    काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु जरुरी रहेको बताएका छन् । कैलालीको धनगढीमा प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुँवरले सो कुरा बताएका हुन् । उनले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपाली श्रमिक विभिन्न बहानामा ठगिँदै आएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागि परेको समेत बताएका छन् ।सरकारले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने योजना बनाएको मन्त्री कुँवरको भनाई छ । 

    • प्रकाशित मितिः असार २७, २०७९
    • 101 पटक पढिएको
  • गठबन्धनमा संवैधानिक परिषद् र नागरिकता विधेयकमाथि छलफल गर्न नारायणकाजीको माग

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र ल्याउन खोजिएको नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन्।विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन्।‘संवैधानिक परिषद् ऐन संशोधन विधेयकको हकमा पनि तत्कालीन प्रम केपी ओलीले अध्यादेशमार्फत ल्याएको र हामी सबैले विरोध गरेको प्रावधान नै ल्याउन खोज्नु नैतिक र उ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 98 पटक पढिएको
  • ‘ढिलो वा चाँडो माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्नेछ’

    काठमाडौँ / नेकपा एमालेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै भुसालले यस्तो टिप्पणी गरेका हुन् । माधव नेपालको दोहोरो नीतिका कारण नेकपा एमाले विभाजन भुसालको आरोप छ । भुसालले भनेका छन –‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’  ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि भएको भन्

    • प्रकाशित मितिः असार २७, २०७९
    • 107 पटक पढिएको
  • चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउले आज प्रचण्डलाई भेट्दै

    काठमाडौँ  / चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दैछन् ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका लिउ जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग अपराह्न ४ बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार न

    • प्रकाशित मितिः असार २७, २०७९
    • 96 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौँ  / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासङ्घले मान्यता पाउने भएका छन् ।नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक सं

    • प्रकाशित मितिः असार २७, २०७९
    • 90 पटक पढिएको
  • फुटको सङ्घारमा जसपा : बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

    काठमाडौँ / सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादवबीच आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भएपनि उनीहरूले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। डा. भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाको छ भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजित हुने बताइएको छ ।&nb

    • प्रकाशित मितिः असार २६, २०७९
    • 103 पटक पढिएको
  • बुढीगंगाको मेयर र उपमेयरमा एमालेका रामबहादुर र मायाकुमारी निर्वाचित

    बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।यस्तै उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । कांग्रेसकी

    • प्रकाशित मितिः असार २६, २०७९
    • 104 पटक पढिएको
  • बालुवाटारमा शेखर पक्षको बैठक बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । आइतबार दिउसो १ बजे बालुवाटारस्थित आफ्नो सचिवालयमा कोइरालाले बैठक बोलाएका हुन् ।आजको बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउने जनाइएको छ । कांग्रेसले स्थानीय तह निर्वाचन समीक्षा र विविध विषयमाथि छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । यता उक्त बैठकमा एजेण्डा र भ्रातृ संस्थाका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।स्थानीय तहको निर्वाचनदेखि कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको छ । कोइराला पक्षले सभाप

    • प्रकाशित मितिः असार २६, २०७९
    • 104 पटक पढिएको
  • चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौँमा, यस्तो छ भ्रमण तालिका

    काठमाडौँ / चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज काठमाडौँ अवतरण गरेका छन् । लिउ चार दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौँ अवतरण गरेका हुन् ।लिउ नेतृत्वको टोलीमा छ जना सदस्य छन् । लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवतीरमण पौडेलले स्वागत गरेका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम छ । खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा लिउको सम्मानमा आजै रात्रिभोज कार्यक्रमको आयोजना गरेका छन् ।उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । लिउले एमाले अध

    • प्रकाशित मितिः असार २६, २०७९
    • 95 पटक पढिएको
  • पूर्वमन्त्री शेर्पा चढेको गाडी दुर्घटना, शेर्पासहित चार जना घाइते

    झापा / नेकपा एमालेका नेताहरू चढेको गाडी सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा परी पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपाशुर शेर्पा, एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राई लगायत नेताहरू घाइते भएका छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सवार बा २ च ९००३ नम्बरको कार शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका –१४, चन्दनपुरमा दुर्घटनामा परेको हो । तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । उनीहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि हेलीकोप्टर मा

    • प्रकाशित मितिः असार २४, २०७९
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.