राजनीति

    Showing 7,531-7,540 of 7,656 items.
  • एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

    काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 75 पटक पढिएको
  • बादलले पाए प्रदेश इञ्चार्जको जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेमा माओवादी नेता रामबहादुर थापा ‘बादल’ले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।यस अगाडि उपाध्यक्ष बनाउने चर्चा चलेको भए पनि एमालेले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका कारण बादल प्रदेश इञ्चार्जमै सिमित भएका हुन् ।

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 118 पटक पढिएको
  • निर्वाचनका लागि तयार हुन आग्रह गर्दछु :उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।  उनले भने,“निर्वाचनका लागि तयार हुन  म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जार्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःए

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 84 पटक पढिएको
  • चाडपर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग् गर्छ : सभापति देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका छन् । प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 72 पटक पढिएको
  • नेकपा फुटेपछि सांसद तानातान

    बितामोड /  सर्वोच्च अदालतको आदेशले नेकपाको अन्त्य सँगै एमाले र माओवादीले पुर्नजन्म पाएपछि नेकपाका दुवै समुहका सांसद तानतानमा परेका छन् । नेकपामा भएको फुटसँगै सुरु भएको सांसद तानातानको क्रममा परेका सांसदहरु फेरि एक अर्को दलको तानातानमा परेका हुन् । सांसद एक अर्को समुहमा तानातानमा रहेकै वेला प्रदेश २ का तीन प्रदेश सांसद भने आफ्नै मुल घर फर्किने भएका छन्। नेकपामा आएको फुटसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका तीन सांसद आफ्नै  पार्टीमा फर्किने भएका हुन् । संसद विघटनपछि ओलीको पक्षमा लागेका चार साँसद मध्ये कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो। समिरले माओवा

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 67 पटक पढिएको
  • नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताएका हुन् । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्गाएको बताएका छन् । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा प

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 77 पटक पढिएको
  • असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

    बिराटनगर । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे ।  उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिनए । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भए

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 84 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्म स्थगित

    काठमाडौं /  प्रतिनिधिसभाको बुधबार बसेको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेका थिए । दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 75 पटक पढिएको
  • प्रधानमन्त्री संसद बैठक सुरु नै नभइ बाहिरिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको प्रतिनिधिसभा बैठक नै नबसी फर्किएका छन् । संसद् भवन नयाँबानेश्वरमा करिब १० मिनेट बसेर उनी बाहिरिए । प्रधानमन्त्री ओली सममै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 75 पटक पढिएको
  • अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला

    झपा /  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताएका छन् ।   “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।” डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 75 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा