राजनीति

    Showing 7,531-7,540 of 10,368 items.
  • माओवादीद्वारा राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी छन् ।उनले भनिन्, –‘ एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नु पर्नेमा अर्थतन्त्र बिग

    • प्रकाशित मितिः असार २९, २०७९
    • 108 पटक पढिएको
  • चार वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाउँदै, शुक्रबार निर्वाचन हुने

    काठमाडौँ  / लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ । उपसभामुख चयनका लागि आजको संसद् बैठकमार्फत सभामुख अग्नि सापकोटाले निर्वाचनको दिन र समय तोक्न लागेका हुन् ।स्रोतका अनुसार सभामुख सापकोटाले पर्सि शुक्रबार निर्वाचनको मिति तोक्ने तयारी गरेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन। अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 108 पटक पढिएको
  • यस्तो छ कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा (सूचीसहित)

    काठमाडौँ / नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयता क्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् ।वरीयताक्रममा एकदेखि पाँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् । १२१औँ वरियताक्रम निर्धारण गरेको कांग्रेसले १२० औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ ।वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परिया

    • प्रकाशित मितिः असार २८, २०७९
    • 152 पटक पढिएको
  • जसपा विवाद : बाबुरामले औँल्याए पार्टी भित्र भएका ६ समस्या (पूर्णपाठसहित)

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । जडिबुटीस्थित रोयल जडिबुटी ब्याङ्क्वेटमा सुरु भएको आफू पक्षीय बैठकमा पार्टीमा देखिएको ६ वटा समस्यालाई औँल्याउँदै १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकमा पेस गरेको प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नता जस्ता समस्या रहेको उल्लेख गरेका छन

    • प्रकाशित मितिः असार २८, २०७९
    • 94 पटक पढिएको
  • महिन्द्ररायले दिए बाबुरामलाई साथ

    काठमाडौँ / पूर्वमन्त्री महिन्द्रराय यादव जसपाको बाबुराम भट्टराई पक्षमा खुलेका छन् । १५ वर्षअघि नेकपा एमाले छाडेर मधेशवादी राजनीतिमा होमिएका यादव अन्ततः महन्थ ठाकुर र उपेन्द्र यादवसँगको सहकार्य छाडेर भट्टराईतिर लागेका हुन् ।उनी भट्टराई पक्षले जडिबुटीस्थित एक पार्टी प्यालेसमा राखेको समानान्तर बैठकमा सहभागी भएका छन् । एमाले छाडेर तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका नेता यादव केही वर्षपछि सो पार्टी विभाजन गरेर अलग दलमा थिए । पछि पुनः एकीकरण गरेर राजपाको अध्यक्ष मण्डलमा रहेका यादव राजपा र संघीय समाजवादी पार्टीको एकीकरणपछि जसपामा थिए ।जसपाको विवादमा महन्थलाई छाडेर उ

    • प्रकाशित मितिः असार २८, २०७९
    • 100 पटक पढिएको
  • बालकोटमा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच भेटवार्ता

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोटस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले ओलीसँग भेटवार्ता गरेका हुन् ।उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा सहभागी भएका छन् ।आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न का

    • प्रकाशित मितिः असार २८, २०७९
    • 95 पटक पढिएको
  • कांग्रेसकाे केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं / सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा छलफल हुने छ ।सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको थियो भने सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए ।  केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टयाइएको छ । बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः असार २८, २०७९
    • 97 पटक पढिएको
  • संवैधानिक परिषद् विधेयक फिर्ता लिन शेखरको माग

    काठमाडौँ  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले पनि उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए। तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि पार्टी भित्र बाटै विरोध भएको छ ।

    • प्रकाशित मितिः असार २७, २०७९
    • 96 पटक पढिएको
  • इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेकी हुन् । रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

    • प्रकाशित मितिः असार २७, २०७९
    • 105 पटक पढिएको
  • एमालेको ३०६ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद गठन (सूचीसहित)

    झापा / नेकपा एमालेले अमृत बोहरा नेतृत्वको केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिएको छ । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरको हो । केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा रहेका छन् । बोहराको नेतृत्वमा सात सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ । सल्लाहकार परिषद्को सचिवालयमा गोमा देवकोटा ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्द प्रसाद कलौनी रहेको छन् । यी हुन् केन्द्रीय सल्लाहकार परिषद सदस्यहरुःप्रदेश १ओेङ्दी शेर्पा ,ताप्लेजुङओमप्रसाद ओझा, ताप्लेजुङटंकप्रसाद तिमिल्सिना,ताप्लेजुङलक्ष्मी याक्सो

    • प्रकाशित मितिः असार २७, २०७९
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.