राजनीति

    Showing 7,481-7,490 of 10,368 items.
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्न सक्ने

    काठमाडौँ / मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।आज बस्ने बैठकले संघीय निर्वाचनको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । संघ र प्रदेशको मिति मंसिर पहिलो साताभित्र तोकिने सत्ता गठबन्धनका शीर्ष नेताहरूको दावी छ ।यता निर्वाचन आयोगले पनि संघीय निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई आगामी मंसिर २ गते चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 169 पटक पढिएको
  • भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्दै वाईसीएल

    काठमाडौं / नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले  भदौ ३ र ४ गते दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ । वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा राष्ट्रिय भेला हुने भएको हो ।उक्त भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्नेछ ।गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 109 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    झापा  / नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनी बोलाइएको बैठक स्थगित भएको हो ।संसद् बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्र

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 107 पटक पढिएको
  • जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

    काठमाडौँ / बजेट निर्माणमा अनधिकृत मानिस संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ ।करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिन गर्दै शर्मा निर्दोष

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 175 पटक पढिएको
  • अर्थमन्त्रीबारे निर्णय गर्न आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    बिर्तामोड / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बोलाइएको छ ।आजको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई पुन पठाउने वा अर्को व्यक्तिलाई पठाउनेबारे निर्णय हुनेछ । संसदीय छानविन विशेष समितिबाट शर्माले क्लिन चिट पाइसकेका छन् ।माओवादीमा अर्थमन्त्रीका दाबेदार रहेका वर्षमान पुन, शक्ति बस्नेत र देव गुरुङले समेत सार्वजनिक रुपमा शर्माले नै उक्त जिम्मेवारी पाउनुपर्ने धारणा राखिरहेका छन् ।माओवादी केन्द्रको आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको पूर्णताबारे समेत छलफल हुनेछ ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 185 पटक पढिएको
  • पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

    झापा / तत्कालीन अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।समितिलाई सुरुमा १० दिनको समयावधि दिइएको थियो । समय अपूग भएको भनी

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 115 पटक पढिएको
  • राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

    काठमाडौँ  / राष्ट्रियसभाबाट पनि नेपाल नागरिकता ‘पहिलो संशोधन विधेयक २०७९’ बहुमतले पारित भएको छ ।राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता ‘पहिलो संशोधन विधेयक २०७९’ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 117 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    काठमाडौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता भएको हो । दुई नेताबीच नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् ।देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 233 पटक पढिएको
  • पूर्व अर्थमन्त्री प्रकरण : छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदै

    झापा / चालू आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ ।समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार समितिका सभापति लक्ष्मणलाल कर्णले आज सभामुख सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने भएका हुन् । प्रतिवेदनलाई अन्तिम रूप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । संसदीय छानबिन समिति गठन भएपछि अर्

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 103 पटक पढिएको
  • अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँ आइपुगे

    काठमाडौँ  / दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौँ आइपुगेका छन् । परराष्ट्र स्रोतका अनुसार उनी चार्टर्ड विमानमा भारत हुँदै केहीबेर अघि काठमाडौँमा ओर्लिएका हुन् ।दुई दिने भ्रमणमा नेपाल आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।काठमाण्डुस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् । लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनक

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.