राजनीति

    Showing 7,251-7,260 of 9,639 items.
  • आलमको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा

    काठमाडौँ / कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज (शुक्रबार) सुनुवाइ नसकिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलमविरुद्ध विस्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ ।उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 109 पटक पढिएको
  • मेयरबाट राजीनामा : वडा सदस्यमा उम्मेदवारी

    इटहरी / स्थानीय तहको निर्वाचन नजिकिएसँगै धेरैजसो पालिकाका प्रमुख दोहोरी रहँदा सुनसरीका एक नेताले मेयरमा राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहता वडा नम्बर २ को सदस्यमा उम्मेदवारी दिएका छन् ।वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टिममा मेहताको नाम भने वडा सदस्यमा दर्ता भएको हो । इनरुवा कांग्रेस नेताहरूले भने जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहता वडा सदस्यमा उठेको तर्क गर्ने गरेका छन् ।तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 157 पटक पढिएको
  • काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।लोसपाले काठमाडौं महानगरको प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीलाई उठाएको थियो । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 97 पटक पढिएको
  • वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको मृत्यु

    मोरङ / मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका –२ को वडा सदस्यमा उम्मेदवारी दिएका लिम्बुको शुक्रबार (आज) मृत्यु भएको हो ।चुनावी प्रचार अभियान सकेर बिहीबार बेलुका घरमा सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा लिम्बुको बाटोमै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदव

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 165 पटक पढिएको
  • लोसपाले गर्यो चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं /  वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लोसपाले घोषणापत्र सार्वजनिक गरेको हो । लोसपाले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा र हरेक नागरिकका लागि बीमाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । सबै महिलाहरूलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।निःशुल्क र व्यावहारिक शिक्षा, उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 96 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठकले गर्यो तीन निर्णय

    काठमाडौं / पाँच दलीय सत्ता गठबन्धन भन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ ।सत्तागठबन्धन दलका शीर्ष नेताको आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज खारेज गर्ने निर्णय गरेको हो । बैठकमा गठबन्धनमा आवद्ध दलहरूले अन्य दलसँग गरेको चुनावी तालमेल खारेज नगरे तत्काल कारबाही गर्ने निर्णय गरेको छ । त्यस्तै गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ ।यसैगरी गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमह

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 156 पटक पढिएको
  • प्रत्येक वर्ष एक जनालाई एम.बि.बि.एस पढाउने एमाले हल्दीबारीकाे प्रतिवद्धता

    बिर्तामोड / नेकपा एमाले हल्दीबारी कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एमालेले हल्दीबारी गाउँपालिका –१ स्थित गोलधापमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । एमालेले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, स्थानीय उद्यम र रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन लगायतलाई मुख्य प्राथमिकता दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा हल्दीबारीमा एमालेले चुनाव जिते गाउँपालिका क्षेत्र भित्रको १ जना विद्यार्थीलाई प्रत्येक वर्ष एम.बि.बि.एस पढाउने, सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीका परिवारका पाँच

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 610 पटक पढिएको
  • बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गर्ने कांग्रेसको चेतावनी

    काठमाडौँ / स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने विद्रोही (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे / गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिन अनुरोध गरेका छन् ।बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई विजयी गराउन भूमिका निर्वाह गर्न पनि उनल

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 95 पटक पढिएको
  • निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एसका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

    झापा / आसन्न स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा  दिएको भोलिपल्ट नै फेरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 108 पटक पढिएको
  • राप्रपा हेटौँडाका उम्मेदवारले मन्दिरमा लिए शपथ

    बिर्तामोड / हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मन्दिरमा गएर  सामूहिक रुपमा सपथ लिएका छन् । राप्रपाबाट हेटौँडा मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारले हेटौँडा-४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा शपथ लिएका हुन् । उनीहरूलाई राप्रपाका वरिष्ठ नेता नवराज विष्टले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो भनेर सपथ ग्रहण गराएका हुन् । 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 106 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.