राजनीति

    Showing 7,091-7,100 of 10,368 items.
  • सुनसरी- ४ मा सञ्चारमन्त्री कार्कीलाई पछ्याउदै एमालेका कुसियैत

    झापा / सुनसरी- ४ मा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २७,६३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदिशप्रसाद कुसियैत २७,५५७ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा ७७ मतले मात्र पछाडि छन् ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 161 पटक पढिएको
  • उदयपुरमा कांग्रेसका नारायण खड्का निर्वाचित

    झापा / उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक निर्वाचित भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् । यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 125 पटक पढिएको
  • १६१ क्षेत्रको नतिजा सार्वजनिक, चार ठाउँको बाँकी

    झापा / मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम आएको छ भने चार स्थानको अझै आउन बाँकी छ । सबैभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।त्यसैगरी माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।नेपाल मजदुर

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 135 पटक पढिएको
  • हाल सम्म समानुपातिकतर्फ कुन दलले कति मत पाए

    काठमाडौं / प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा- २, दोलखा र सुनसरी- ३ को १ लाख मतगणना बाँकी छ ।अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत पाएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ ।तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ५०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादी

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 128 पटक पढिएको
  • सुनसरी- ४ मा सञ्चार तथा सूचनामन्त्री कार्कीको अग्रता कायमै

    झापा / सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ पाउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 128 पटक पढिएको
  • ‘रवी लामिछानेको पार्टी अमेरीकी फ्रीडम पार्टीको फोटोकपी हाे’

    झापा /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्।  जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई आज च्यासलमा सम्बोधनका क्रममा उनले यस्ताे बताएका हुन् । ‘हामीले आफूप्रति गर्व गर्न छाड्यौँ, आफ्नो इतिहास बेचिदियौँ। संयोग नै मान्नुपर्छ, अमेरिकी फ्रीडम पार्टीको घण्टी यता पनि दुरुस्तै लिएर आएछन्’, उनले भने, ‘दुरुस्त आकारको फोटो खिचे जस्तो फ्रिडम पार्टी अफ अमेरिकाको घण्टी यहाँ पनि लिएर आएका छन्।’ओलीले उक्त पार्टीप्रति कटाक्ष गर्दै अस्तिसम्म स्याप्प देखेको तर कसैले हावा ह

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 197 पटक पढिएको
  • ‘पुजीवादीहरुको षड्यन्त्रलाई चक्नाचुर पार्दै सबै कम्युनिस्टहरु नयाँ आधारमा सँगठित हुने बेला आयाे’

    झापा / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले नेपालका सबै कम्युनिष्टहरूले आ-आफ्नाे कमजोरी सच्याएर एक हुने बेला आएको बताएका छन् ।देशबासीको नाममा सम्बोधन गर्दै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको बताएका हुन । उनले  अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् । पुजीवादीहरुको षड्यन्त्रलाई चक्नाचुर पार्दै नयाँ आधारमा सँगठित हुने बेला आएकाे उनकाे भनाइ छ । विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 458 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : अब सात वटा क्षेत्रको नतिजा आउन बाँकी

    झापा / प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । उदयपुर –१, धनुषा –२, सुनसरी –३ र सुनसरी –४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा –२ मा दलहरूबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले आगामी बिहीबार पुनः मतदान गर्ने भएको छ ।अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 116 पटक पढिएको
  • उदयपुर –१ पुनः मतगणना सुरु

    उदयपुर / उदयपुर –१ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज (मंगलबार) बिहानबाट पुनः गणना सुरु गरिएको हो ।गत शनिबार बिहान क्षेत्र नं १ को मतगणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङ्कअनुसारको मतपत्र भन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 111 पटक पढिएको
  • प्रत्यक्षमा पहिलो बनेको कांग्रेस समानुपातिकतर्फ दोस्रो स्थानमा, एमालेले पहिलाे

    झापा / नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको छ । अहिलेसम्म ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा एमालेले सबैभन्दा बढी २५ लाख ७० हजार १४२ मत पाएको हो  । प्रत्यक्षमा पहिलो बनेको कांग्रेस समानुपातिकतर्फ २४ लाख ३८ हजार ६४४ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै तेस्रोको लागि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिव्र प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलबीच उछिनपाछिन चलिरहेको छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गरेको छ भने स्वतन्त्रले १० लाख ७० हजार २५३ मत पाएको छ ।समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथोमा रहेको छ भने राष्ट्रिय प्रजातन्त

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.