राजनीति

    Showing 6,891-6,900 of 10,368 items.
  • स्ववियु निर्वाचन नजिकिँदै, गठबन्धन बनाउन भ्याइनभ्याइ

    झापा-  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिती नजिकिएसँगै विभिन्न विद्यार्थी सङ्गठनका नेता आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसमा आफ्नो अस्तित्व जोगाउन विद्यार्थी सङ्गठनहरू आफू अनुकूलका गठबन्धन बनाउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित ६२ आङ्गिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ गते र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव हुने कार्यतालिका सार्वजनिक भएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 175 पटक पढिएको
  • पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

    झापा - पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे । बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 269 पटक पढिएको
  • राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

    झापा-  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए।शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए। केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 145 पटक पढिएको
  • एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल

    झापा- नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 169 पटक पढिएको
  • १ नम्बर प्रदेशको नाम कोशी

    झापा । प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेश १ को नाम कोशी राखेको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित भएका थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 668 पटक पढिएको
  • २०७९ फागुन १८ गते बिहिबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज चन्द्रमा गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहने भएकाले समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । अध्ययन तथा अध्यापनको क्षेत्र आज राम्रो रहन सक्छ। शेयर बजारबाट आज लाभ प्राप्त गर्न सकिन्छ। बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज चन्द्रम

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 257 पटक पढिएको
  • प्रदेश १ को नाम कोशी राख्नबाट पछि हट्यो नेपाली कांग्रेस

    झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।नेकपा (एकीकृत समाजवादी)

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 148 पटक पढिएको
  • रास्वपाको चुनाव चिन्हमा हेरफेर

    झापा- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा केही हेरफेर गरेको छ। रास्वपाले गोलो घेरा हटाएर घण्टी मात्रै राखेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। यसअघि रास्वपाको चुनाव चिन्ह गोलो घेराभित्र घण्टी रहेको थियो। उनले भने, ‘यसअघि गोलाकार चित्र घन्टी चुनाव चिन्ह थियो। तर, गोलाकार हटाएर घण्टीमात्रै राखिएको छ।’प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गरेको छ। यद्यपि, अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा पुन: उपनिर्वाच हुन गइरहेको छ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 140 पटक पढिएको
  • चितवन–२ मा हुने उपचुनावका लागि आयोगमा १८ दल दर्ता

    झापा – चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा  निर्धारण  गरेको  थियो  ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय  स्वतन्त्र पार्टीका  सभापति  रवि  लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।उपचुनावमा नेपाल मजदुर किसान पा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 113 पटक पढिएको
  • यी ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौँ - निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सा

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.