राजनीति

    Showing 6,801-6,810 of 10,368 items.
  • प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दै, आजै मन्त्रीहरुको सपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन । आज नियुक्त गरिने मन्त्रीको शपथ आज अपराह्न तीन बजेको लागि तोकिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसबखत ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका  थिए।मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल जारी नै छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको थियो ।आज प्रधानमन्त्री प्रचण्डल

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 237 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल बालुवाटारमा

    काठमाडौं  ।   सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफलमा जुटेका छन।तीन शीर्ष नेताबीच वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 176 पटक पढिएको
  • वैशाख १ गतेबाट माओवादीका मन्त्रीहरुले कार्यकर्तालाई पार्टी कार्यालयमा मात्रै भेट्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ।प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उहाँको सचिवालयले जनाएको छ। सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन्।कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 306 पटक पढिएको
  • रास्वपाको बैठक बस्दै; सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बुधबार केन्द्रीय समितिको बैठक बस्न लागेको हो।केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो।समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन्। उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन्।

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 213 पटक पढिएको
  • सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले गर्‍यो निलम्बन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।पार्टीका सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए।पार्टी हित विपरीत काम गरेको रास्वपाको निष्कर्ष सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित भएका छन।कारबाही गरिएको पत्र संसद सचिवालयलाई पठाउने तयारी गरेको छ।श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 233 पटक पढिएको
  • निर्वाचन आयोगमा रवि विरुद्ध परेकाे उजुरीमा आज स्पष्टीकरण बुझाउनु पर्ने

    चितवन  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उमेदवार रवि लामिछाने विरुद्ध परेको दाबी विरोध र उजुरीमा आज उनले स्पष्टीकरण बुझाउनु पर्नेछ।  रवि विरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल (सफल)ले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो । बुधबार (आज) दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताएका छन् । पौडेलेको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने उनले बताए ।रवि विरुद्ध तीनवटा दाबी विरोध र एउटा उ

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 185 पटक पढिएको
  • सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

    काठमाडौं- सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।गठबन्धन दलका शीर्ष नेताहरुले एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापकरुपमा परिचालन गर्न आह्वान गर्नुभएको हो ।यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था÷सङ्गठनका सदस्य तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरिएक

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 258 पटक पढिएको
  • रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन; सभापति रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने बताएका छन्।चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।छ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 186 पटक पढिएको
  • लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ

    काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्चमा रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको हो ।अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । उक्त विवादमा आज सुनुवाइ हुने तय भएको हो ।यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 182 पटक पढिएको
  • बैशाख १० मा हुने उपचुनावमा माओवादीको हैसियत मतदातामात्र

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बालुवाटारमा बसेको बैठकमा तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि माओवादी मतदाता मात्रै बन्ने भएको हो।माओवादीले तनहुँ १ मा उमेद्द्वार उठाउन जोड दिए पनि कांग्रेस नमानेका कारण गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको छ। तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेललाई निर्वाचित गर्न माओवादी केन्द्रको निर्णायक मत भएकोले त्यसको गुण कांग्रेसले तिरोस् भन्ने प्रस्ताव माओबादिले राखेपनी  कांग्रेसले नम

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 345 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.