राजनीति

    Showing 6,801-6,810 of 7,637 items.
  • नेता महन्त ठाकुरलाई साइकल चाहियो !

    काठमाण्डौ / जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।निर्वाचन आयोगले उपेन्द्र यादव समुहलाई आधिकारीकता दिएपछि दलविहीन भएका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।राजनीतिक दल विभाजनका लागि सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर हुने गरी अध्यादेश ल्याएपछि ठाकुर – महतो पक्ष दल दर्ताका लागि आयोगमा निवेदन सहित गएको हो ।नयाँ दलको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक रहेको छ भने अध्यक्षमा महन्थ ठाकुर  रहेका छन् ।  नयाँ दलमा राजेन्द्र महतो वरिष्ठ नेता रहने छन्

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 163 पटक पढिएको
  • एमाले विभाजन : फाइदामा अष्ठलक्ष्मी शाक्य

    काठमाण्डौ / नेकपा एमालेको माधव नेपाल पक्षकी प्रभावशाली नेता अष्ठलक्ष्मी शाक्यलाई ओली समुहले वागमति प्रदेशको मुख्यमन्त्री बनाउन तयारी थालेको छ ।केन्द्रिय सरकार गुमेपछि प्रदेश सरकार गुमाउन थालेको एमालेको ओली समुहले बागमती प्रदेश सरकार जोगाउन नेपाल समुहकी नेता शाक्यलाई मुख्यमन्त्री बनाउन तयारी थालेको हो ।प्रदेश सरकार गठनका बेला मुख्यमन्त्रीका लागि बलियो दाबेदार मानिएकी शाक्यलाई नेपाल समुहको भएकै कारणले ओली समुहले मुख्यमन्त्री बन्न दिएको थिएन ।पार्टी विभाजनका लागि माधव समुह अग्रसर बनेको समयमा शाक्यले आफूलाई पार्टी विभाजनको विपक्षमा उभ्याएपछि उनलाई मुख्यमन्त्री बनाएर प्रदेश सरकार जोगाउने दिशामा ओली

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 188 पटक पढिएको
  • फुट्यो एमाले : माधव नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’

    बिर्तामोड / नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले नयाँ दल दर्ता गर्ने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने भएको हो । नेपाल समूहको नयाँ बानेश्वरस्थित अर्याल होलटमा बसेको बैठकले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’  र चुनाव चिन्ह  ‘किताव’ राख्ने  निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।सबै प्रकृया पुर्याएर भोली सम्ममा निर्वाचन आयोगमा दल दर्ता गर्ने माधव समूहको तयारी रहेको छ । 

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 92 पटक पढिएको
  • दल विभाजन अध्यादेश राष्ट्रपतिबाट स्वीकृत

    काठमाडौं / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई दल विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण  गरेकी छन् ।प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजनलाई सहज बनाउन तयार पारेको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाउने निर्णय गरेको थियो ।सरकारले ल्याएको अध्यादेशका विषयमा प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको कांग्रेस सहित सत्तारुढ दल र एमालेको ओली समुहबाट तिव्र विरोध भईरहेका बेला राष्ट्रपतिले प्रमाणिकरण गरेर कानुनको मान्यता दिएकी हुन् ।  सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसद

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 119 पटक पढिएको
  • जसपा नै सरकारसंग असन्तुष्ट

    काठमाडौं//कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जसपाले अध्यादेश जारि भएकोमा असन्तुष्टि जनाएको छ।  जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका हुन । ओली गए तापनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको उनले टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै उनले जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु भनेको लोकतन्त्रको उपहास रहेको बताएका छन्।  सांसद पद जोगाउने गरी दलविभाजन गर्न अध्यादेश ल्याउनु प्रतिनिधिमू

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 98 पटक पढिएको
  • जसपाका १८ जना केन्द्रीय सदस्यसहित २० जनाद्वारा उपेन्द्र यादव समूह परित्यागको घोषणा

    काठमाडौं//जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह परित्यागको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले समूह परित्यागको घोषणा गरेका हुन।२०७२ सालको भुकम्प र कोरोना महामारीमा जनता  पीडीत  हुँदा समेत यो पार्टीले जनतालाई केही दिन नसकेको जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले बताएका छन् ।१८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाउँदै उनले आजदेखि बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको बताएका छन्।२०६५ साल देखि आफुले घरबेटीहरुको

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 108 पटक पढिएको
  • सांसद विमला वली र वाईसीएल कार्यकर्ता बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक

    दाङ //लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमलाले बस्नेतलाई चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको उनीहरुको 'निजि ' तस्बिर  केही समयमा हटाइएको थियो । उत्तरको दुर्घटनामा निधन भएपछि  श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाको उम्मेदवार बनेकी विमला कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै सांसद समेत बनेकी थिइन् ।लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी  ब

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 143 पटक पढिएको
  • कांग्रेस नेता कोइराला अध्यादेशको विपक्षमा

    बिर्तामोड / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई पार्टी विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेशको सत्तारुढ दल नेपाली कांग्रेस भित्रैबाट विरोध सुरु भएको छ ।नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका हुन् ।कांग्रेस सभापति समेत रहेको शेर बहादुर देउवा नेतृत्वको आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेश जारीका लागि सरकारले राष्ट्रपतिकोमा पठाएको छ ।आफ्नै दलको नेतृत्वमा बनेको सरकार सञ्चालनलाई सहज बनाउनकै लागि देउवाले अध्यादेश ल्याएको भएपनि अध्यादेशबाट मु

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 72 पटक पढिएको
  • सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार

    राजविराज ( रासस ) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमितता भएको खुलेको छ।सो कार्यक्रमअन्तर्गत बोदे बसाइन–१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता भएको जनाउँदै स्थानीय मजदुरहरूले विरोध जनाएका थिए।मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयबासीले आरोप लगाएका छन्।आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले १२८ जनालाई काममा लगाएको छ जबकि नगरपालिकाले ४० लाई मात्र काम लगाउन भनिएको थियो।काममा लगाइएकामध्ये ७० को नाममा सिटिजन बैंकको खातामा रकम जम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 104 पटक पढिएको
  • माधव नेपाल पक्षका सांसद पदमुक्त !

    बिर्तामोड / नेकपा एमाले भित्र लामो समय देखि कायम मतभेद र विवाद उत्कर्षमा पुगेको छ । एमालेलाई फुटाउन सहयोग पुग्ने गरी सरकारले अध्यादेश ल्याएपछि एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको ओली समुहको बैठकले नेता नेपाल सहित शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । ओली समुहका सांसदको बानेश्वर स्थित संसद भवनमा बसेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै एमालेको ओली समुहले संसद सचिवालयमा पत्र समेत पठाएको छ । संसद स

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा