राजनीति

    Showing 6,771-6,780 of 7,637 items.
  • संवैधानिक नियुक्तिविरुद्ध परेकाे निवेदनको पहिलो सुनुवाइ नै विवादित

    बिर्तामोड / संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको निवेदनको पहिलो सुनुवाइ नै विवादित बनेको छ । अघिल्लो सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गर्दै संवैधानिक निकायहरूमा गरेको नियुक्तिविरुद्ध परेकाे निवेदनको पहिलो सुनुवाइ नै विवादित बनेको  हो । रिट निवेदकहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले उक्त निवेदन सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न नमिल्ने तर्क गरेका छन् । गत वर्षको ३० मङ्सिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर तीन सदस्य परिषद्ले पनि निर्णय गर्न मिल्ने गरी कानुन संशोधन गरेका थिए । 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 135 पटक पढिएको
  • नेकपा समाजवादीले गर्याे ‘हाइ कमाण्ड’ गठन

    बिर्तामोड / माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले  ‘हाइ कमाण्ड’ गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै  ‘हाइ कमाण्ड’ गठन गरेको हो । हाई कमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन् । हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधि सहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।हाइ कमाण्ड गठन भएसँगै केही दिनमै मन्त्रीको नाम टुंगो लगाइ नेकपा समाजवादी सरकारमा सहभागी हुने पार्टीका एक

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 239 पटक पढिएको
  • एकीकृत समाजवादीलाई पाँच मन्त्री

    बिर्तामाेड / सत्तारुढ गठबन्धनमा रहेका पार्टीले मन्त्रालय भागबन्डा गरेका छन् । गठबन्धनमा सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय भागबण्डा गरेका हुन् । गठबन्धन दलबीच भएको सहमति अनुसार २५ सदस्यीय मन्त्रिमण्डल मध्ये कांग्रेसबाट प्रधानमन्त्रीसहित सात जना, माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ जना राज्य मन्त्री पाउने भएका छन् । मन्त्रालय भागबन्डा गरेपनि मन्त्रिपरिषद् विस्तार भने भदौ १३ गते मात्र गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 119 पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

    बिर्तामोड / पार्टी विभाजनका कारण समस्यामा परेको एमालेले आफ्नो दलको नेतृत्वमा रहेको प्रदेश सरकार जोगाउन प्रदेश एकमा माधव नेपाल पक्षीय नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ ।मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएपछि आचार्य मुख्यमन्त्री बन्न सफल भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले बिहीबार नै सपथ ग्रहण गरेका छन् ।प्रदेश सभा सदस्यमा निर्वाचित भएकै समय देखि मुख्यमन्त्रीका लागि नेता आचार्यले कोसिस गर्दै आएका थिए । माधव पक्षीय नेता भएकै कारण उनी संसदीय दलको नेता हुन समेत सकेका थिएनन् ।प्रदेशका सांसद नयाँ पार्टीमा जाँदा सरकार ढल्ने त्रासले एमालेले प्रदेश सरकारमा फेरबदल गरेको हो । नवनियुक्त मु

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 195 पटक पढिएको
  • एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

    बिर्तामोड / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर –१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने जानकारी दिए ।  अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरूबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गरे।&nb

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 99 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ / नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिए । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ । यही भदौ ८ गत

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 136 पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्री फेरबदलको तयारी

    बिर्तामोड / एमालेले प्रदेश १ मा मुख्यमन्त्री फेर्न आज संसदीय दलको बैठक बोलाएको छ । शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि मुख्यमन्त्री फेर्न एमालेले संसदीय दलको बैठक बस्न लागेको हो । बैठकले तेस्रो धारबाट भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक नेताले जानकारी दिए ।आचार्यलाई संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी रहेको छ । आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिना भित्र विश्वासको मत लिनुपर्ने छ । आचार्यले मुख्यमन्त्री हुनका लागि लामो समय देखी पहल गर्दै आ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 138 पटक पढिएको
  • नयाँ दल दर्ता गर्न जसपाका १४ सांसद र १७ सदस्यले गरे सनाखत

    काठमाडौँ / निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।प्रस्तावित

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 118 पटक पढिएको
  • माधव नेपालले सांसदहरूलाई रिसोर्टमा लगेर थुने : ओली

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन माधव नेपालले सांसदहरूलाई चन्द्रागिरी रिसोर्ट लगेर थुनेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाललाई यस्तो आरोप लगाएका हुन् । ओलीले सांसदहरूलाई बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले चन्द्रागिरीमा लगेर थुनेको दाबी गरेका हुन् । ओलीले भने –‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरू जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो ।’सांसदहरूलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरूले प्रचार गरेको भन्दै ओलीले पत्रकारसँग असन्तुष्टि व

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 110 पटक पढिएको
  • मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले मङ्गलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्कन आग्रह गरेका हुन् । पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । 

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 88 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा