राजनीति

    Showing 6,771-6,780 of 9,634 items.
  • राप्रपाका ४ नेताले छाडे पार्टी

    काठमाडौँ / स्पष्टीकरण सोधिएका ४ जना नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी परित्याग गर्ने नेताहरूमा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ रहेका छन । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन नेताहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टीमा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरूले बताएका छन् । विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् । गत २९ असारमा बसेको राप्रपा के

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 158 पटक पढिएको
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौँ / राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो ।बैठकमा पार्टीका पूर्वअध्यक्ष द्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 88 पटक पढिएको
  • राप्रपा नेपालका २९ विभाग प्रमुख तथा सचिव मनोनित (सूचीसहित)

    झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ विभागमा प्रमुख तथा सचिव मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष थापाले विभाग तथा समितिकाे प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख थापा आफैँ रहेका छन् भने सचिव राजाराम बर्तौला मनोनीत भएका छन् । यस्तै, अनुशासन आयोगको प्रमुखमा राजीव पराजुली, सचिवमा डम्बर प्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खड्का, सचिवमा निराकारमान सिंह रेग्मी मनोनीत भएका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी र सचिवमा श्रेय केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 134 पटक पढिएको
  • भदौ २ देखि चुनाव लक्षित अभियान चलाउँदै कांग्रेस

    काठमाडौं / नेपाली कांग्रेसले भदौ २ गतेदेखि २४ गते सम्म विशेष अभियान चलाउने भएको छ ।सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा चुनाव लक्षित विशेष अभियान चलाउने निर्णय गरेको हो ।यो अभियानको विस्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्ने छ ।बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नि

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 104 पटक पढिएको
  • प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

    विराटनगर / प्रदेश –१ प्रमुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेश १ को नामाकरण बारे छलफल गर्न सभामुख भण्डारीले साउन ६ गतेका लागि बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि प्रदेशको नामकरणका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।त्यस्तै सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । सात मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन् । प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 124 पटक पढिएको
  • नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड

    काठमाडौँ / राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले बैठकमा बोल्दै नागरिकता विधेयकको विषय छिटो टुंग्याउनुपर्ने बताए । नागरिकता विधेयक जतिसक्दो चाँडो राष्ट्रियसभाबाट पास गर्नुपर्ने उनको भनाई छ ।त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा राखेकी छन् ।उनले भनिन्, –‘नागरिकताको व

    • प्रकाशित मितिः साउन २, २०७९
    • 95 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । आजको बैठकमा केन्द्रीय समिति तथा पदाधिकारीले राखेको धारणाको निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 131 पटक पढिएको
  • बाबुराम भट्टराईको सांसद पद नजाने

    काठमाडौँ / जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरे पनि भट्टराई लगायतको सांसद पद भने जोगिने भएको हो ।‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिए पनि सांसद पदबाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएक

    • प्रकाशित मितिः साउन १, २०७९
    • 107 पटक पढिएको
  • राष्ट्र बैंक घेराउन गर्न पुगेका अखिलका कार्यकर्ता पक्राउ

    काठमाडाैँ / गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का कार्यकर्ता पक्राउ परेका छन् ।गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेट पुगेका अखिलका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ता

    • प्रकाशित मितिः साउन १, २०७९
    • 136 पटक पढिएको
  • प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै

    काठमाडौं / भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । उनले आज अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएको हो । साथै उनले आजै भाजपाको मुख्यालय भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।तीन दिनको भारत भ्रमणका लागि गत शुक्रबार नयाँ दिल्ली पुगेका अध्यक्ष प्रचण्ड भारत पुगे देखी नै राजनीतिक भेटघाटमा व्यस्त छन् । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय

    • प्रकाशित मितिः साउन १, २०७९
    • 99 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.