काठमाडौं//नेकपा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखले निर्णय गरेका छन्। निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले कारबाही नगर्ने सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गरेका हुन्। पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।१४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कार
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्र प्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।
बिर्तामोड / नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरूलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका हुन् । नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको समेत बताएका छन् । उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरू वाहियात रहेको बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुत बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो ब
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठक बिहान ११ बजे बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।
झापा / नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिएका छन् । उनले दुई नेताले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताएका छन् ।“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गर्छौँ । यसको मुख्य आधार भनेको पार्
काठमाडौँ / नेपाली कांग्रेसको संस्थापन इतर समूहले १४ औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापति बीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको हो । अधिवेशनपूर्व क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अ
बिर्तामोड / कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरको छ । यस अघि ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेकोमा शुक्रबार थप दश जिल्लाको सूची सार्वजनिक गरेको हो । कांग्रेसको १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेका जिल्लाहरूमा धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम रहेका छन् । कांग्रेसले क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइट नेपाली कांग्रेस डट ओराजीमा
बागमती / बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गगरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो ।
बिर्तामोड / हृदयेश त्रिपाठी समूहले नयाँ पार्टी खोल्ने भएका छन् । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री बनेका त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको हो।भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन् । प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिज्रेस गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र ध
काठमाडौँ / नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता डा. मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए । “अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.