काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै उम्मेदवार दिने बताएका छन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने समेत प्रतिवद्धता गरेका छन् । उनले एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्ने समेत बताएका छन् । हालसम्म सभापतिमा उपसभापति विमलेन्द्र
बिर्तामोड / प्रदेश १ का नेकपा एमालेका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । एमालेका सांसदले नयाँ दल रोज्दै निर्वाचन आयोग पुगेर सनाखत गरेपछि आचार्य अल्पमतमा परेका हुन् । यो समाचार तयार पार्दा सम्म एमालेका सात सांसदले निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् भने थप तीन सांसद सनाखदको प्रकृयामा छन् । सनाखत गर्ने सांसदहरूमा खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पद
काठमाडौँ / सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बुधबार पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सो मुद्धा पेशीमा चढेको थियो ।निर्वाचनको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।लामाकी पत्नी पूर्णिमाया लामा , अधिवक्ता सुशील प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए । लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल
काठमाडौँ / राजनीतिक दलका उच्च तहका नेता नै पालैपालो यौनहिंसाका घटनामा मुछिन थालेका छन् । नेकपा एकीकृतका नेता एवं प्रदेश मन्त्री कुर्मराज शाही यौनहिंसाको घटनामा संलग्न रहेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।यसअघि माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा र एमालेका प्रभावशाली नेता एवं पुर्व मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको थियो । महराले अदालतबाट सफाइ पाइसकेका छन् भने राईका विषयमा आरोप लगाउने एमाले नेतृ वालिका खड्काले भने कानुनी कारवाहीका लागि अझैसम्म सरकारी निकाय गुहारेकी छैनन् ।सार्वजनिक भएको भिडियोमा मन्त्री श
बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । नियमित एजेण्डामाथि छलफल गर्न भन्दै देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ ।देउवा नेतृत्वको सरकारमा ४ मन्त्री रहेका छन् । नयाँ सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् ।
काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । निर्वाचनको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।लामाकी पत्नी पूर्णिमाया लामा , अधिवक्ता सुशील प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए । लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका –१३ विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए ।कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।
बागमती / बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले १५ दिन नपुग्दै राजीनामा दिएका हुन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षम
बिर्तामोड / नेकपा एमाले विभाजन पछि पार्टीकै तल्लो तह सम्म त्यसको असर देखिन थालेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ता एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टी विभाजनको असर सतहमा नै देखिन थालेको छ । विभाजनपछि स्थानीय नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।एमालेबाट निर्वाचित बिर्तामोड नगर पालिका बडा नं २ का वडाअध्यक्ष नगेन्द्र संगौलाले एमालेका केन्द्रीय सदस्य रबिन कोइरालामाथि पार्टीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।विगतमा माधव नेपाल समुहमा रहेका कोइरालामाथि उनले ०७० सालमा झापा एमालेको खातामा जम्मा भएको १२ लाख रुपैयाँ हि
कैलाली / सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी रोजेका छन् ।नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन ।विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.