राजनीति

    Showing 6,681-6,690 of 10,366 items.
  • एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

    काठमाण्डौ । नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसक्नुभएको थियो । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोला बाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भन्नुभयो । एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थि

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 211 पटक पढिएको
  • नेत्रविक्रम चन्द्र विप्लव एमसीसीप्रति आक्रोशित हुँदै दिए चेतावनी

    काठमाण्डौ   ।   नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव एमसीसीप्रति पुनः आक्रोशित भएका छन् । अमेरिकी परियोजना एमसीसी विभेदकारी भएको र यो कार्यान्वयनमा अघि बढे सैह्य नहुने विप्लवको चेतावनी छ । एमसीसी कार्यान्वयनका चरणमा रहेका बेला विप्लवले एक भिडियो सन्देश सार्वजनिक गर्दै एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट रहेकाले यो राष्ट्रघाती सम्झौता भएको दाबी गरेका हुन् । आफुले देशव्यापीरुपमा एमसीसीका विरुद्ध आवाज उठाइरहेकाले यसमा सबैले साथ दिन विप्लवले आग्रह पनि गरे । एमसीसीमा फसेर मुलुकलाई अप्ठ्यारोमा नपार्न कांग्रेस, एमाले र माओवादीसहितक

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 275 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो ।समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 238 पटक पढिएको
  • फरार सांसद् कोइरीलाई उन्मुक्ति दिलाउन एमालेको कसरत

    काठमाडौं । कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बनेका थिए । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।कानुनी छिद्राबाट संसद त बने

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 195 पटक पढिएको
  • एमालेले अनधिकृतरुपमा सञ्चालित सामाजिक सञ्जाल बन्द गराउँने

    काठमाडौं । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिए।पार्टीपङ्क्त

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 197 पटक पढिएको
  • एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ । सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको हो ।पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्ने छ ।बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 199 पटक पढिएको
  • थापाले संविधानसम्मत् विश्वासको मत प्राप्त गरेको मान्न सकिएन् : सर्वोच्च

    काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नदेखिएको बताएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार दीर्घकालीन महत्त्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।सर्वोच्चले एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो ।कार्कीले बुधबार मुख्यमन्त्री थापाले भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दिएका थिए। ‘मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत रूपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको स

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 205 पटक पढिएको
  • कोशी प्रदेसका मुख्यमन्त्रीविरुद्ध एमाले पुग्यो सर्वोच्च अदालत

    काठमाडौँ  ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर बुधबार सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट निवेदन दर्ताको क्रममा रहेको एमाले कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।कोशीका मुख्यमन्त्री थापाले

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 237 पटक पढिएको
  • कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।गत सोमबारको प्रदेश सभा बैठकको अध्यक्षता गरेका कांग्रेसका इस्त्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएका थिए । सो प्रकरणको विरोध गर्दै विपक्षी दलहरु एमाले र राप्रपाले संसदीय परम्परा विपरीत भएको भन्दै बुधबारको बैठक बहिष्कार गरेका हुन् ।त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 216 पटक पढिएको
  • संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे

    काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.