OM Sai Pathibhara Hospital

काठमाण्डौ   ।   नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव एमसीसीप्रति पुनः आक्रोशित भएका छन् । अमेरिकी परियोजना एमसीसी विभेदकारी भएको र यो कार्यान्वयनमा अघि बढे सैह्य नहुने विप्लवको चेतावनी छ ।

एमसीसी कार्यान्वयनका चरणमा रहेका बेला विप्लवले एक भिडियो सन्देश सार्वजनिक गर्दै एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउने मनसाय प्रष्ट रहेकाले यो राष्ट्रघाती सम्झौता भएको दाबी गरेका हुन् ।

आफुले देशव्यापीरुपमा एमसीसीका विरुद्ध आवाज उठाइरहेकाले यसमा सबैले साथ दिन विप्लवले आग्रह पनि गरे । एमसीसीमा फसेर मुलुकलाई अप्ठ्यारोमा नपार्न कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई समेत आग्रह गर्दा पनि नसुनेको भन्दै उनले पछि पछुताउनु पर्ने बताए ।