काठमाडौँ  ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।


OM Sai Pathibhara Hospital

विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर बुधबार सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट निवेदन दर्ताको क्रममा रहेको एमाले कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।


कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए । सो क्रममा सभामुखको आसन रहेर सभा संचालन गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेका थिए । उनले अन्य सांसदले मतदान गरी मत सच्याउने बेला थापाको पक्षमा मतदान गरेका थिए ।