काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए । सो क्रममा सभामुखको आसन रहेर सभा संचालन गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेका थिए । उनले अन्य सांसदले मतदान गरी मत सच्याउने बेला थापाको पक्षमा मतदान गरेका थिए ।





































