काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

OM Sai Pathibhara Hospital

बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ ।

सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो ।समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने बताइएको छ ।