राजनीति

    Showing 6,151-6,160 of 10,353 items.
  • भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौँ। भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो।  भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्। साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ। 

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 448 पटक पढिएको
  • गठ्ठाघर घटनाबारे प्रहरी भन्छ : स्कुटर चालक पुरुष हुन्, घटना साम्य बनाउन २२ राउण्ड अश्रुग्याँस प्रहार भयो

    काठमाडौँ-भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले  बताए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा।४९ प ८९४४ नम्बरकको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 590 पटक पढिएको
  • माओवादीको केन्द्रीय समिति बैठक असोज पहिलो साता

    काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ। बिहीबार सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।   केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवसरमोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको उनले बताए ।  बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बागमती प्र

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 634 पटक पढिएको
  • संसदको दुई वटा संयुक्त समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध चयन

    काठमाडौँ- संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा ९एमाले०का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 533 पटक पढिएको
  • पार्टी एकताबारे कसैसँग कुरा चलेको छैन : एकीकृत समाजवादी

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन् । ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको  बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् । ‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहर

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 518 पटक पढिएको
  • प्रतिनिधिसभाबाट पारित टीआरसी विधेयक राष्ट्रियसभामा टेबल

    काठमाडौँ- प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा।सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् ।  राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 550 पटक पढिएको
  • माओवादी सांसदको प्रश्न - कांग्रेसमात्र कसरी लोकतन्त्रवादी भयो ?

    काठमाडौं— राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गरे । अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि  उनले आग्रह गरे । संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिए । उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमा जान आग्रह गरेका छन्। महिला स

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 501 पटक पढिएको
  • पार्टीको स्थायी कमिटीमा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने

    काठमाडौं—  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ। एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो। स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका आधारमा आज प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न गर्ने तयारी रहेको कोषाध्यक्ष एवं पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ। गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 412 पटक पढिएको
  • राष्ट्रिय सभामा प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्ने भएको छ।आज दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नेछन्।बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोर

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 433 पटक पढिएको
  • शिक्षामन्त्रीको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

    काठमाडौँ। चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो।आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिइन्।उनले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रक

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.