काठमाडौँ- संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा ९एमाले०का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।

OM Sai Pathibhara Hospital

दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।