काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए।गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो। मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा: निधन भएको हो। थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।
झापा / प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए ।अबको केही दिनमै कार्यविभाजन अनुसार मन्त्रिपरिषद् विस्तार हुनेछ,’ स्रोतले भन्यो, ‘संविधानको सीमाभित्रै रहेर कार्यविभाजन नियमावली संशोधन गरिएको छ ।’यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन् । हाल मुख्यमन्त्री कार्यालयस
काठमाडौं / खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताएका छन्। मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताएका हुन्।निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उनले बताएका छन्। आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए। सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन।आयोजनाको स्थलगत अव
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धन टुट्छ भने एमसीसी सम्झौता पास गर्नुपर्ने बताएका छन् । उनले मध्यरात १२ बजे ट्विट गर्दै एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताएका हुन् ।डा.भट्टराईले एमसिसीकै बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने बताउँदै जनतामा एमसीसीबारे भ्रम रहेको र त्यसलाई सबैले एकमुख भएर बुझाउने पर्ने बताएका छन् ।उनले ट्वीटमा भनेका छन्, ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् ।सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखेका छन्। सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच
बिर्तामोड / नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा विघटन गराउन प्रमुख भूमिका खेल्ने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासनमा परेका छन् ।कट्टेल अध्यक्ष रहेको नेकपाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दालाई नै आधार बनाएर सर्वोच्चले प्रचण्ड र ओली नेतृत्वको नेकपा भंग गराउने गरी आदेश सुनाएको थियो ।पार्टी हितविपरीत काम गरेको भन्दै कट्टेल अध्यक्ष रहेको पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले कट्टेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।सुवेदीले विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपा
बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सञ्चालनमा असफल सावित भएको कमल थापा पक्षधर नेताले आरोप लगाउन थालेका छन् ।अध्यक्षमा निर्वाचित भएको करिव दुई महिना सम्म पनि पदाधिकारी नियुक्त गर्न नसकेकाले उनी पार्टी सञ्चालनमा असफल बनेको थापा पक्षीय नेताहरूले आरोप लगाएका हुन् । राप्रपाको विधानमा महामन्त्री एक सहित सहमहामन्त्री , कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित दर्जन पदमा उनले नियुक्ति गर्न सकेका छैनन् ।गत पुष २० गते अध्यक्षले मनोनित गरेका केन्द्रिय सदस्य पनि विवाद रहित हुन सकेको छैन । जनमत नभएका र असमावेशी भएको भन्दै उनी माथि आरोप लागि रहेको छ ।केन्द्रिय सदस्य मनोनितमा पनि उनले मधेश प्रदेशबाट
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेकी छन्।सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन्।राष्ट्रपतिले वीर
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रूपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन्।सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताए।प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.