काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको समीकरण २०८४ मंसिरसम्मै कायम रहने जिकिर गरेका छन्।
पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्ने भ्रम फैलाइएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका हुन्।
‘मेरो अवधि २०८३ असारसम्म हो, त्यसपछि म प्रधानमन्त्री पद शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। त्यसपछि उहाँले १८ महिना चलाउनुहुन्छ।’ ओलीले भने, ‘भ्रम नराख्नुस ढुक्कले अघि बढ्नुस्। सरकार र समीकरण कुनै हालतमा टुट्दैन।’
ओलीले जति झुटको प्रचार गरे पनि नेपाली जनता भ्रममा नपर्ने बताए।
‘कांग्रेस र एमाले प्रतिस्पर्धी हुन् तर प्रतिस्पर्धा भन्दा महत्वपूर्ण कुरा अहिले एकता हो।’ ओलीले भने, ‘संविधान मास्न, अराजकता सिर्जना गर्न, देशलाई अफ्ठेरोमा पार्न खोजिएको छ। त्यसैले हामी एक हुन बाध्य भएका हौं।'